काठमाडौं, २९ फाल्गुण (दैनिकी)
निजी जिन्दगीमा मन मुटाव रहेका बलिउडका दुई चर्चित नायिकाहरु दीपिका पादुकोण तथा कैटरीना कैफ एक साथ देखिने भएका छन। यिनीहरु एक साथ कुनै चलचित्रका लागि नभई भारतमा भईरहेको आई पी एल क्रिकेट प्रतियोगितामा एकै टिमलाई समर्थन गर्न सगै देखा पर्न लागेकी हुन।
यिनीहरु उक्त आई पी एल क्रिकेट प्रतियोगितामा रोयल चैलेंजर बेंगलौरको टीलीका लागि मैदानमा आउने भएका हुन। कैटरिना त गत बर्षको आई पी एल क्रिकेट प्रतियोगितामा पनि रोयल चैलेंजर टोलीको ब्रांड एम्बेसडर थिईन। यस बर्ष रोयल चैलेंजरले बगलौर निवासी दीपिकालाई पनि आफ्नो ब्रांड एम्बेसडर बनाएको छ।
निजी जिन्दगीमा आफ्ना केटा साथी रणबीर कपूरका लागि लड्ने यि दुई अभिनेत्रीहरु एक टोलीको समर्थनका लागि कसरी तालमेल मिलाउने होला त्यो भाही हेर्न बाँकी नै छ|
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks