Loving nepal news

Tuesday, March 2, 2010

संविधानसभा बैठक आज बस्ने

काठमाडौं, १९ फागुन (दैनिकी)

झण्डै १ महिनाको स्थगनपछि संविधानसभाको बैठक आज बस्दैछ । दिउँसो ३ बजे संविधासभा भवन नयाँबानेश्वरमा बस्ने बैठकमा प्रतिवेदन अध्ययन समितिका सयोजक अग्नी खरेलले बिषयगत समितिको प्रतिवेदन पेश गर्नुहुने कार्यक्रम रहेको छ ।
अध्ययन समितिले अन्तरिम संविधानमा कायम ५ संवैधानिक आयोग सहित समावेशी आयोग बनाउने राय सहितको प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनमाथि आजै छलफल गरी एकीकृत मस्यौदा लेखनका लागि संवैधानिक समितिलाई दिईने निर्देशन र सुझाव सहित पास गर्नेछ जनाईको छ । समितिले उक्त प्रतिवेदन हिजो सभाध्यक्षलाइ बुझाएको थियो ।
नवौ पटक परिवर्तीत संविधान लेखन कार्यतालिका अनुसार यही २१ गतेसम्म संवैधानिक समितिले नयाँ संविधानको पहिलो मस्यौदा तयार गर्नुपर्ने भए पनि संविधानसभावाट मस्यौदा पारित नभएकोले सम्बैधानिक समितिको बैठक अनिश्चितकालका लागि स्थगीत भएको छ । संविधानसभा सचिवालय स्रोतका अनुसार संविधानसभाको आजको बैठकमा कार्यतालिका परिवर्तनका सम्बन्धमा समेत छलफल हुनेछ । ११ वटै विषयगत समितिको प्रतिवेदमाथिको छलफल सकिएपछि माघ २१ देखि संविधानसभाको बैठक स्थगित हुदै आएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks