Loving nepal news

Monday, March 1, 2010

भैरहवाका संचारकर्मिद्धारा होलिमिलन कार्यक्रम

मनोरञ्जन शर्मा भैरहवा,१७ फागुन

तराईमा मनाईने होली पर्व आज भैरहवा र वरपरको ग्रामिण क्षेत्रमा विशेष रुपमा मनाईएको छ। होली पर्व मनाउन सवै मस्त भएकाले भैरहवा क्षेत्रमा विहानैदेखि कुनैपनि सार्वजनिक यातायातका साधन समेत चलेका छैनन्। बजारको हरेक चोक, घर र सडकमा विहानैदेखि बालकदेखि बृद्धसम्मका समुह आपसमा अविरजात्रा गरेर होली मनाएका थिए। होलीका दिनमा पुरानो राग द्वेष र कलह समेत विर्सीएर होलीलाई पुर्नमिलन दिनको रुपमा पनि लिने गरिन्छ।
होलिको अबसरमा भैरहवामा कार्यरत पत्रकारहरुको आयोजनामा आज भैरहवामा होली पुर्नमिलन कार्यक्रम आयोजना गरियो। स्थानिय प्रशासक, प्रहरी, खेलकुद संस्थाका पदाधिकारी, उद्यमी, कर्मचारी, शिक्षा व्यवसायी र स्थानिय सामाजिक संघसंस्थाका पदाधिकारीर भैरहवाका संचारकर्मि विच एक आपसमा रंग अविर लगाई प्रेम र सद्भाव साटासाट गरिएको थियो। रुपन्देहीका प्रजिअ नागेन्द्र झाको प्रमृख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन मनोरञ्जन शर्माले गर्नु भएको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks