कालिस ३१० रनका साथ हालसम्म सबभन्दा बढी रन बनाउने खेलाडी मुरलीधरनले ११ विकेट लिएर हालसम्म सबभन्दा बढी विकेट लिने खेलाडी
काठमाडौं, १६ चैत्र (दैनिकी)
आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आर्इतबार भएको खेलमा दिल्ली डेयर डेभिल्सले कोलकत्ता नाईट राईडर्सलाई ४० रनले पराजित गरेको छ। दिल्लीमा भएको यस खेलमा टस जितेर पहिला ब्याटिङ्ग गरेको दिल्ली डेयर डेभिल्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७७ रन बनाएको थियो। दिल्ली डेयर डेभिल्सको तर्फबाट ७ छक्का र १५ चौका प्रहार भएको थियो। दिल्ली डेयर डेभिल्सका लागि वार्नरले ६९ बलमा ५ छक्का र ९ चौकाको मद्दतले १०७ रन तथा पल कलिगंउडले ४५ बलमा २ छक्का र ३ चौकाको मद्दतले ५३ रन बनाएका थिए। कोलकत्ता नाईट राईडर्सका लागि ल्यागंभेटले २ तथा इसान्त शर्मा र क्रिस गेलले १,१ विकेट लिएका थिए।
१ सय ७८ रनको लक्ष्य पछ्याएको कोलकत्ता नाईट राईडर्सको टोली २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो। नाईट राईडर्सका लागी क्रिस गेलले २१ बलमा २ छक्का र २ चौकाको मद्दतले ३० रन तथा हस्सीले ३२ बलमा १ छक्का र २ चौकाको मद्दतले २९ रन बनाएको थियो। नाईट राईडर्सको तर्फबाट ३ छक्का र ११ चौका प्रहार भएको थियो। दिल्ली डेयर डेभिल्सका लागि यादब तथा मैकडोनाल्रडले २, २ विकेट लिएका थिए।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks