Loving nepal news

Wednesday, March 10, 2010

पाकिस्तानी क्रिकटमा तहलका

बिभिन्न आरोपमा एक साथ टोलीका सबभन्दा चर्चित ७ खेलाडीहरुमाथी पाकिस्तानी क्रिकेट बोर्डद्बारा कार्वाही
काठमाडौं, २७ फाल्गुण जेठ (दैनिकी)

पाकिस्तानले हालै गरेको अष्ट्रेलियाको भ्रमणमा खेलेको ३ टेष्ट, ५ एकदिवसिए खेल तथा एक मात्र टि २० मा पराजित भएको थियो। यस लज्जाजनक भ्रमण पछी पाकिस्तानी क्रिकेट बोर्डले उक्त भ्रमणमा पाकिस्तानी टोलीमा लागेका बिभिन्न आरोपहरुको छानविन गर्न ३ पूर्व खेलाडीहरु वासिम बारी, जाकिर खान तथा यावर शइद सहितको ५ शदसिय जाँचबुझ टोलीको गठन गरेको थियो। हालै उक्त टोलीले आफ्नो प्रतिवेदन पेश गरे पछी पाकिस्तानी क्रिकेट बोर्डले एक साथ आफ्ना ७ खेलाडीहरुलाई बिभिन्न आरोपमा कार्वाही गरेको छ।

पाकिस्तानी क्रिकेट बोर्डले आफ्ना बरिष्ठम खेलाडीद्बय मोहमद युसुफ तथा युनुस खानलाई अष्ट्रेलियाको भ्रमणका बेला आपसी मनमुटाव गरेर टोलीको मनोवल गिराउने कार्य गरेको आरोपमा प्रतिवन्ध फुकुवा नभएसम्मका लागि पाकिस्तानमा कुनै पनि प्रकारको क्रिकेटमा खेल्न प्रतिवन्ध लगाएको छ।

पाकिस्तानी क्रिकेट बोर्डले अनुशासनहिनताको आरोप लागेका शोहेब मलिक तथा राना नभेदुललाई एक सालको प्रतिवन्ध लगाएको छ। यस्तै खराब खेलका कारण तेस्रो टेष्टमा कमरान अकमललाई नखेलाउने हल्ला चलेपछी उनले गरेको बयानबाजीको आरोपमा उनलाई
३० लाख पाकिस्तानी रुपैयाँ जरिवाना गरेको छ भने उनको समर्थनमा टोलीलाई ब्लाकमेलिगं गरेको आरोपमा उनका भाइ तथा उदयमान खेलाडी उमल अकमललाई २० लाख पाकिस्तानी रुपैयाँ जरिवाना तोकेको छ।

यस्तै पाकिस्तानी क्रिकेटका अर्का नायक शाहिद अफ्रिदीलाई भने एक दिवसिय खेलमा बल टोकी पाकिस्तानी टोलीको छवी खराब गरेको आरोपमा ३० लाख पाकिस्तानी रुपैयाँ जरिवाना गरेको छ।

यस मध्ये नगद जरिवाना गरेका तीनै खेलाडीहरु कमरान अकमल, उमर अकमल तथा शाहिद अफ्रिदीलाई ६ महिना सम्म बोर्डले निगरानीमा राख्ने भएछ।

बिभिन्न आरोपमा एक साथ टोलीका सबभन्दा चर्चित ७ खेलाडीहरुमाथी पाकिस्तानी क्रिकेट बोर्डले कार्वाही गरेपछी पाकिस्तानको टीलीले कोल्टा फेर्ने आशा गरेको छ। उता बिभिन्न संचार माध्यमहरुले भने यि सब कार्वाहीमा पाकिस्तानी खेलाडीहरुमाथी लागेको खेल मिलोमतोको कारण प्रमुख रहेको उल्लेख गरिएको छ। पाकिस्तान बोर्डले भने यि खेलादीहरुलाई अनसशासनहिनता, आपसी कलहका कारण टीलीको मनोवल गिराएको, टोलीलाई ब्लाकमेलिगं गरेको तथा खेल मैदानमा नियम बिपरित कार्य गरेर देशकै छबि बिगारेको आरोपमा कार्वाही गरेको जनाएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks