Loving nepal news

Friday, March 26, 2010

राजनीतिको प्रचारका लागि रणबीर र कैटरीना कलेजमा जाने


काठमाडौं, चैत १३ (दैनिकी)

बलिउड अभिनेता रणबीर कपूर तथा अभिनेत्री कैटरीना कैफले आफ्नो नँया चलचित्र राजनीतिको प्रचारका लागि भारत भरका प्रमुख कलेजमा गएर बिध्यार्थीहरूलाइ भेट्ने भएका छन। यी दुबै बलिउडका कलाकारहरू युवाहरूको बीचमा निकै नै लोकप्रिय रहेका छन्र। आजकाल चलचित्रहरूको प्रचार नँया नँया तरिकाबाट हुन थालेकोमा यिनीहरू कलेजमा गएर प्रचार गर्ने भएका हुन।

प्रकाश झाको यस चलचित्र चार जूनमा प्रदशन गर्ने तयारी भइरहेको छ। यस चलचित्रमा यि दुइ कलाकारहरूको अलावा नाना पाटेकर, अजय देवगन, अर्जुन रामपाल जस्ता अभिनेताहरूले अभिनय गरेको छ। कैटरीना-रणबीरको जोडीको ख्यातीलाइ ध्यानमा राखेर यस चलचित्रको प्रचारका लागि यिनीहरूको प्रयोग गरिने भएको हो। यस चलचित्रमा राजनीति मुख्य कथा भएको तथा आजकालका युवाहरूमा राजनिती तथा नेताहरूमा बिशेष रूची राख्ने भएकोले यस चलचित्रको प्रचार कलेजमा बढी गर्न लागेको हो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks