सुरेश गिरी सुर्खेत,२० फागुन
अन्तर्राष्ट्रिय लोक सांस्कृतिक तथा पर्यटन महोत्सव सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि सुरु हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान सुर्खेतको आयोजना तथा जिल्ला विकास समिति, वीरेन्द्रनगर नगरपालिका र बागिना समूह सुर्खेतको सह–आयोजनामा हुन लागेको यो महोत्सको उद्घाटनकालागि संस्कृति मन्त्रि डा मिनेन्द्र रिजाल हिजो वीरेन्द्रनगर आइपुग्नु भएको छ ।
आजदेखि २६ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा हुने अन्तर्राष्ट्रिय स्तरको महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न जिल्लाबासीहरु कस्सिएर लागि परेका छन् । महोत्सव अवधिभर वीरेन्द्रनगरका चोक तथा सडक छेउछाउ सफा राख्न आज विहानैदेखि
माइकी गरिएको छ ।
१२ देशका ३ सय ५० जना कलाकारहरु सहभागि हुने महोत्सवको उदघाटन पुर्व लोक
संस्कृति जल्किने झाकिसहित र्र्याली निकालिने आयोजकले जनाएको छ । पर्यटकिय तथा धार्मिक स्थलहरुको सरसफाई, सजावट गर्नुका साथै मुख्य बजार, चोक–चोकमा
महोत्सवका व्यानरले वीरेन्द्रनगरलाई रंगिचंगी बनाईएको छ ।
अन्तराष्ट्रियस्तरमा सुर्खेतको लोक संस्कृति तथा पर्यटकियस्थलहरुलाइ चिनाउन यो
महोत्सवले थप टेवा पुर्र्याउने सुर्खेतीहरुको विश्वास छ । महोत्सवमा प्रदर्शनीकालागि १ सय स्टल बुक भइसकको आयोजकले जनाएको छ । एक हप्तासम्म संचालन हुने महोत्सवमा १ लाखभन्द वढिले अवलोकन गर्ने र ४० लाख रुपैयाँ संकलन हुने अपेक्षा आयोजकले लिएको छ ।
महोत्सवमा सिर्जना एसोसियशन अफ फाइन आर्ट काठमाडौका ७ जनाको युवा टोलीले बनाएका चित्र प्रर्दशनमा राखिने भएको छ । आफ्नो कलेजमा सिकेका चित्रकला र त्यस सम्वन्धि कौशलजन्य सामग्रीहरु प्रर्दशनमा
राखिने टोली संयोजक सुशिल गिरीले जानकारी दिनुभयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks