Loving nepal news

Friday, March 26, 2010

सवै जनता मिले मुलुकको कल्याण हुने: राष्ट्रपति

नेपालको झण्डै ६० प्रतिशत जनता चुरियाबाट प्रभावित, चुरेक्षेत्र विनासबाट भविष्यमा हुन सक्ने नोक्सान बारे चिन्ता

विजेता सिंह/जनकपुर,१३ चैत

राष्ट्रपति डा. रामवरण यादवले नेपालको आफ्नै किसिमको विशेषता छ, त्यसकारण यहाँ सवैले मिलेर जानु पर्ने बताउनुभएको छ । समाज उत्थान युवा केन्द्रको ज्ञापन पत्र बुझ्दै आज राष्ट्रपति डा.यादवले हिमाल, पहाड र तराइका जनता मिलेर अगाडी नबढे मुलुकको कल्याण कहिले नहुने बताउनुभयो ।
चुरे वन क्षेत्र संरक्षणको लागी पहल गरि दिनको लागी आग्रह सहित बुझाइएको ज्ञापन पत्र बुझे पछि उहाँले चुरियाको संरक्षणको लागी आफु आफ्नो स्तर बाट पहल गरिरहेको समेत बताउनुभयो । यस विषयमा आफुले प्रधानमन्त्री माधवकुमार नेपाल सँग समेत छलफल गरेको राष्ट्रपति यादवले भन्नुभयो । अन्य निकायहरुले समेत आफ्नो स्तरबाट सो को लागी पहल गर्ने आवश्यकता रहेको बताउदै राष्ट्रपति डा. यादवले नेपालको झण्डै ६० प्रतिशत जनता चुरियाबाट प्रभावित रहेको बताउनुभयो । चुरेक्षेत्र विनासबाट भविष्यमा हुन सक्ने नोक्सान बारे चिन्ता गर्दै उहाँले चुरिया संरक्षण प्रति धनुषाबासीले देखाएको चासो प्रति खुसी व्यक्त गर्नुभयो ।
समाज उत्थान युवा केन्द्रका अध्यक्ष ज्ञानेन्द्र कुमार यादवको अगुवाईमा राष्ट्रपति डा. यादवलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ समान्यतमा चुरे क्षेत्रमा प्रतिहेक्टर तीन सय वटा वस्यक वृक्ष हुनूपर्दछ तर धनुषाको जंगलमा प्रति हेक्टर १९ वटा रुख मात्रै छन् । धनुषाको २४ हजार ८ सय हेक्टर राष्ट्रिय वन तथ्याङ्गकमा मात्रै सीमित भइसकेको ज्ञापनपत्रमा उल्लेख छ । राष्ट्रपति डा. यादवको आजै दिउसो २ वजे राजधानी फर्किने कार्यक्रम छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks