Loving nepal news

Saturday, March 27, 2010

झापामा २ जना नक्कली परीक्षार्थि पक्राउ

प्रवेशिका परीक्षाको दोस्रो दिन नेपाली विषयको परीक्षा सम्पन्न

सञ्जीव चापागाई,झापा १३ चैत

प्रवेशिका परिक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली विषयको परीक्षा सम्पन्न भएको छ । विहान ८ वजेवाट ११ वजेसम्म ३ घण्टा परीक्षा सञ्चालन भएको थियो ।
प्रवेसिका परीक्षामा यसवर्षझापावाट सहागि १५ हजार ७ सय ३७ जना परीक्षार्थि मध्ये १ सय ७४ जना परीक्षार्थि अनुपस्थीत रहेका छन । आजको परीक्षामा नियमित तर्फ ६९ र एक्जामटेडतर्फ१सय ५ जना परीक्षार्थि अनुपस्थीत रहेका हुन ।
यसैविच आजको अनिवार्य नेपाली विषयको परीक्षामा झापावाट २ जना नक्कली परीक्षार्थि पक्राउ परेका छन ।वेलाडागि स्थीति श्री रत्न एकाडेमी परीक्षा केन्द्रमा परीक्षा दिइरहेको दुइ जना भुटानि सरणर्थिहरु पक्राउ परेका हुन । सरणार्थि विद्यार्थि सागर सुजी र तिलक सुव्वाको नाममा परीक्षा दिइरहेका नक्कली परीक्षार्थि द्वय प्रल्हाद सुव्बा र तारानाथ घिमिरे पक्राउ परेका हुन ।
झपामा परीक्षार्थि मध्ये ३ जन किर्यापुत्री समेत रहेका छन ।जसमा महेन्द्र रत्न अनरामनीवाट विमल गुरागाई,धुलावारी माविवाट संकर शाक्य र कवि सीरोमणि माविवाट इभन लुइटेलले परीक्षामा सहभागि भएका हुन ।
आजको परीक्षामा एक जना कैदिले जिल्ला कारागार झपावाटै परीक्षा दिएका छन। इलाम घर भएका योगेस खतिवडाले झापा कारगार वाट परीक्षा दिइरहेका हुन। त्यस्तै झापाका विभीन्न परीक्षा केन्द्रवाट २१ जना अपांग विशेस शिक्षा अन्तरगत यस वर्षो प्रवेशिका परीक्षामा सहभागि भएको जील्ला शिक्षा कार्यलय झापाले जनाएको छ। जसमा ५ जना दृष्टि विहीन ७ जना सुस्त श्रवण,६ जना सारीरीक अपाङ्ग र ३ जना न्युन दृष्टिविहिन रहेका छन । विशेस शिक्षाका विद्यार्थि हरुका लागि आन्य विद्यार्थि भन्दा डेढ घन्टा वढी समय प्रदान गरीएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks