समायोजन, पुर्नस्थापन तथा भरणपोषणका लागि पनि बिबरण प्राप्त हुनु आबश्यक
कपिल भट्ट/कैलाली,२८ फागुन(दैनिकी)
सूचना तथा संचारमन्त्री शंकर पोखरेलले माओबादी लडाकुहरुको बिबरण प्राप्त हुन नसके जारी शान्ति प्रक्रिया अघि बढ्न नसक्ने बताउनु भएको छ। प्रेस चौतारी कैलालीद्धारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाले लडाकुहरुको समायोजन, पुर्नस्थापन तथा भरणपोषणका लागि पनि बिबरण प्राप्त हुनु आबश्यक रहेको बताउनु भयो। सरकारका प्रबक्ता समेत रहेका संचारमन्त्री पोखरेलले शान्ति सम्झौतामा नै अन्तरीम संबिधान जारी भएपछि दुबै पक्ष एक पक्ष हुने र प्रमाणि करणमा परेका लडाकुहरु सेना समायोजन बिषेश समितीको मातहतमा रहने उल्लेख भएकाले लडाकुको बिबरण प्राप्तका लागि गोपनियता भन्ने नै हुदैन भन्नु भयो।
संचारकर्मिको एक जिज्ञासामा लडाकुको बिबरण प्राप्तकालागि सरकारले अन्य विधीको खोजि गर्नेछ, त्यसबारे सेना समायोजन विषेश समितिमा समेत छलफल गरीने छ उहाले भन्नुभयो। मन्त्री पोखरेलले सरकारलाई संबिधान निर्माण कार्यका लागि प्रत्यक्ष रुपमा संवैधानिक र कानुनी ब्यबस्था छैन भन्दै सहमतिमा नटुङिगएका बिषयलाई प्रक्रियाद्वारा पछि टुङ्ग्याउने गरी जेठ १४ गते भित्रै संविधान घोषणा गर्न सकिने बताउनुभयो। उहाँले उच्च स्तरीय राजनीतिक संयन्त्रको गठन राजनीतिक गतिरोध निकासका लागि भएकाले संयन्त्रमा तीन दलका प्रतिनिधिमा मात्र सिमित नराखी सबै दलको प्रतिनिधित्व गराइनु उपयुक्त हुने बताउनुभयो।
उहाले आफ्नो नेतृत्वमा सरकार गठन भएमात्र संविधान निर्माण र शान्ति प्रक्रिया टुङ्गोमा पुग्छ भन्ने एकिकृत नेकपा माओवादीको सोचाइ गलत भएको उल्लेख गर्दै संवैधानिक र कानुनी बाटोबाट सत्ताको नेतृत्व लिन माओवादीलाई चुनौती समेत दिनुभयो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks