रोहित कुमार मण्डल लहान,२५ फागुन
अश्लिल भिडियोका क्लिपहरु संकलन गरिएको अबैध सीडीका क्यासेटहरु सिरहाको लहान बजारमा छ्याप्छ्याप्ती बिक्री बितरण भई रहेको पाईएको छ। तर पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन। लहानका केहि सिडी तथा क्यासेट पसलहरुमा यस्ता अश्लिल नेपाली सिडीको किन बेच हुने गरेको पाइएको हो। विदेशी अश्लिल भिडियो सिडी केही मात्रामा बिक्री हुदै आएकोमा पछिल्लो समयमा जथाभावि रुपमा निस्किएको त्यस्ता नेपाली अश्लिल भिडीयोहरुलाइ संकलन गरि पसलहरुमा नै सीडी कपी गरेर निर्माण गरि बिक्री बितरण गरि रहेका छन्। सेलिबे्रटीदेखि समान्य व्यति्कको यौन क्रिडाको दृश्य भएका सिडी क्यासेटहरु रु.३० देखि ५० रुपैया सम्ममा बिक्री बितरण गर्दै आएका छन्।
लहानको पुरानो बजार तथा महेन्द्र राजर्मागको बस बिसौनी स्थानहरुमा रहेका केही सिडी पसलहरुबाट यस्ता सिडी क्यासेटहरु बढि मात्रमा बिक्री बितरण हुदै आएका छन्। एउटा अश्लिल सिडी भित्र ३० देखि ३५ वटा दृश्यहरु हुने गरेको पाइएको छ। विदेशीको तुल्नामा नेपाली अश्लिल सिडीहरु महगो मुल्यमा धमाधम बिक्री गरि रहेका छन्।
यसरी अबैध रुपले बिक्री बितरण गर्ने सिडीहरुकोमा कभरहरुमा कुनै नाम र संकेत समेत उल्लेख गरेको पाइदैन।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks