काठमाडौं, २३ फाल्गुण (दैनिकी)
साताको पहिलो दिनमा नै शेयर बजार फेरी ओरालो तिर लागेको छ। आईतबार नेप्से परिसूचकमा ९.५२ अंकको गिरावटआई ५०४.५२ मा झरेको छ । आईतबार ११६९ वटा कारोबारबाट १६६०७७ थान शेयरको खरिद बिक्री भएको थियो। कारोबार तर्फभने यस दिन जम्मा पाँच करोड अन्ठाननब्बे लाख पैतालिस हजार नौ सय बाह्र रुपैयाँको सेयर खरिद बिक्री भएको थियो।
समष्टिमा सेयर बजारमाले ओरालोलागेतापनि जल बिद्युत समुहमा भने २.१६ अंकले बढेको छ। बैकिगं समुहमा ६.२३, बित्त समुहमा ०.५८, बिमा समुहमा ०.४८, बिकाश बैकं समुहमा १.८९ ले तथा अन्य समूह २३.५ अंकले ह्रास आएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks