गणेश निरौला इटहरी, २१ फागुन
सुनसरीको इटहरीबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी इटहरीको होटल साग्रिला अगाडी राकिराखेको यात्रुबाहक बस तोडफोड गर्दा गर्दै प्रहरीले इटहरी-४ का डन सुब्बा, जीवन न्यौपाने र दीपक गेलाललाई पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनालाई र्सार्वजनिक अपराध ऐन अर्न्तगत मुद्धा चलाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक श्यामल सुब्बाले जानकारी दिनुभयो ।
उनिहरुले भक्तपुरबाट बिद्यार्थीहरुले भ्रमणका लागि ल्याएको बा २ ख ५०५८ नम्बरको मिनिबस र बा ७ च १२५१ नम्बरको मारुती भ्यानमाथी तोडफोड गरेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks