Loving nepal news

Tuesday, March 16, 2010

बिशेष अधिबेशन बोलाए सरकार झनै बलियो हुन्छ: सञ्चारमन्त्री

अनमिनलाई हामीले महत्वपूर्ण जिम्मेवारी दिएका थियौ, तर उसले जिम्मेवारी निर्बाह गर्न सकेन
प्रियास्मती ढकाल बाँके ४ चैत्र

सुचना तथा संचारमन्त्री शंकर पोख्रेलेले माओबादीले बिशेष अधिबेशन बोलाए बर्तमान सरकार झनै बलियो हुने दाबी गर्नु भएको छ । प्रेस चौतारी बाँकेले आज नेपालगंजमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संचारमन्त्री पोख्रेलले भर्खरै मात्र २२ दलको बैठकले बर्तमान सरकारले नै शान्ति प्रक्रियालाई तार्किक निर्स्कषमा पुर्याउने तथा नयाँ संबिधान जारी गर्ने बताएको हुदाँ सरकार बलियो हुने प्रमाण भएको जिकिर गर्नु भयो ।
माओबादीले जब सम्म नागरिक पार्टिको रुपमा आफुलाई रुपान्तरण गर्दैन तब सम्म उसले सरकारको नेतृत्व गर्ने प्रयास गर्न नहुने उहाँको तर्क छ । बर्तमान सरकार पूर्ण संबिधान जारी गर्ने पक्षमा रहेको जानकारी दिर्दै संचारमन्त्री पोख्रेलले तर छोटो समयमा भएकाले पूर्ण संबिधान जारी गर्न असंम्भब रहेको बताउनु भयो । माओबादी लडाकुले इमान्दारी पूर्बक परिचय पत्र सहितको बिबरण सरकारलाई बुझाउनु पर्ने भन्दै उहाँले बिना परिचय पत्रका लडाकुलाई समायोजन गर्न नसकिने धारणा राख्नु भयो । अनमिनले नेपाल सरकार बाट पाएको जिम्मेवारी निर्बाह गर्न नसकेको उहाँको जिकिर थियो । पोख्रेलले भन्नु भयो अनमिनलाई हामीले महत्वपूर्ण जिम्मेवारी दिएका थियौ, तर उसले जिम्मेवारी निर्बाह गर्न सकेन । अनमिनको म्याद थप्ने सरकारको धारणा के छ नि भन्ने संचारकर्मीको जिज्ञासा उहाँले म्याद थप्ने बारे सरकारले केही नसोचेको बताउनु भयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks