यज्ञमूर्ति तिमिल्सिना/पाल्पा ५ चैत
गुल्मी जिल्लाका विभिन्न क्षेत्रहरुमा छरिएर रहेका कुमाल समुदायहरु यतिवेला आफ्नो जातीय पहिचान र हक अधिकार सुनिश्चितताको लागि एकजुट भएका छन् । नेपाल कुमाल सुधार समिति, जिल्ला कार्य समिति गुल्मीले सञ्चालन गरेको जातीय संगठन विस्तार तथा सुदृढिकरण कार्यक्रम अर्न्तर्गत विभिन्न क्षेत्रमा समिति विस्तार गर्नुका साथै कुमाल समुदायको वस्तुस्थिति संकलन अभियानलाई पनि त्रि्रता दिएको छ ।
शिक्षाको अभावका कारण कुमाल समुदायहरु अझै पनि पछाडी परिरहेको भन्दै समितिका जिल्ला अध्यक्ष खुमवहादुर कुमालले जिल्लाका सवै क्षेत्रमा रहेका कुमाल समुदायहरुसम्म पुगी सवैलाई एकतामा ल्याउने अभियानमा जुटेको बताए ।
त्यसैगरी नेपाल कुमाल सुधार समितिका जिल्ला कोषाध्यक्ष टेकवहादुर कुमालले जिल्लाका केही स्थानहरुमा कुमाल जातीको भाषा तथा संस्कृतिहरु प्रचलनमा रहेको पाईएको जानकारी दिए । उनले ती लोप हुन थालेका भाषा तथा संस्कृतिलाई विकास गर्दै लैजाने, संस्कृति र रीतिरिवाजहरु मनाउँने क्रममा विद्यमान नराम्रा संस्कारहरुलाई निरुत्साहीत गर्दै चेतनाको स्तरलाई विकास गर्दै अगाडी वढ्ने अभियानका साथ जिल्ला समिति लागिपरिरहेको भन्दै यो अभियानमा सवै पक्षवाट सहयोगको खाँचो रहेको बताए। कोषाध्यक्ष कुमालले गुल्मीको दाँैघा गाविस वार्ड नं. ८ र खर्ज्याङ्ग गाविसको वार्ड नं. १ र २ मानकोटमा कुमाल भाषा वोलिने गरिएको बताएका छन् ।
आदिवासी जनजाति महासंघमा पनि आवद्ध रहेको नेपाल कुमाल सुधार समितिले यस जिल्लाका विभिन्न गाविसहरुमा समिति विस्तार समेत गरेको छ । सिमिचौर गाविस, राङ्गवासमा डिलवहादुर कुमालको अध्यक्षतामा गठन गरिएको नेपाल कुमाल सुधार समितिमा उपाध्यक्ष मानवहादुर कुमाल, सचिव कमला कुमाल, सह-सचिव लक्ष्मी कुमाल, कोषाध्यक्ष चेतवहादुर कुमाल, सदस्यहरु कान्तवहादुर कुमाल र कमला कुमाल रहनुभएको छ । त्यस्तै दौँघा गाविसमा गठन गरिएको समितिमा अध्यक्ष र्फसवहादुर कुमाल, उपाध्यक्षमा सिता कुमाल, सचिव आस्था कुमाल, सह-सचिव भिमा कुमाल, कोषाध्यक्ष मानवहादुर कुमाल, सदस्यहरु खिमवहादुर कुमाल र रेनवहादुर कुमाल रहेका छन् ।
त्यसै गरी खर्ज्याङ्ग गुल्मीमा पनि पूर्णवहादुर कुमालको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको अध्यक्षमा पूर्णवहादुर कुमाल, उपाध्यक्ष मनिराम कुमाल, सचिव मतिलाल कुमाल, सहसचिव सुन्तला कुमाल, कोषाध्यक्ष चम्फादेवी कुमाल, सदस्यहरु मिना कुमाल र रवि कुमाल रहेका छन् । यस अभियानमा नेपाल कुमाल सुधार समिति गुल्मीका सभापति खुमवहादुर कुमाल, कोषाध्यक्ष टेकवहादुर कुमाल लगायतको विशेष उपस्थिति रहेको छ । संगठन निर्माण प्रकृयालाई त्रि्रताका साथ लैजानुका साथै जिल्ला अधिवेशनको तैयारीमा पनि लागिरहेको समितिले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks