Loving nepal news

Wednesday, March 10, 2010

नेपालद्बारा कुवेत पराजित

काठमाडौं, २५ फाल्गुन (दैनिकी)

नेपालले एसीसी यू- १६ क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत हासिल गरेको छ। कीर्तिपुरको अन्तर्राष्ट्रिय खेल मैदानमा भएको यस खेलमा नेपाली यू- १६ ले कुवेत यू- १६ लाई १०१ रनले पराजित गरेको छ।
नेपालले पहिला व्याटिगं गर्दै ४० ओभरमा १८४ रन बनाएर अल आउट भएको थियो। नेपालका लागि निश्चल पाण्डेले ५३, शरद खड्काले ३३ तथा सतिस भगतले २९ रन बनाएका थिए। १८५ रनको लक्ष पछ्याएको कुवेत यू- १६ को टोली २५ ओभरमा ८२ रन बनाएर अल आउट भएको थियो। नेपालको तर्फबाट निश्चल पाण्डेले ५ तथा विवेक चौधरीले ३ विकेट लिएका थिए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks