Loving nepal news

Sunday, March 14, 2010

शिक्षकको कुटाईबाट विद्यार्थीको हात भाँचियो

प्रकाश डोटेल स्याङ्जा–१,चैत्र

स्याङ्जा सदरमुकामको ज्योति आवासिय उच्च माध्यामिक विद्यालयका एक शिक्षकको कुटाईबाट विद्यालयमा अध्ययनरत विद्यार्थीको हात भाँचिएको छ । पुतलीबजार नगरपालिका–१, प्रगतिनगरमा रहेको विद्यालयका शिक्षक द्धारिकाप्रसाद चौधरीको कुटाईबाट विद्यालयको कक्षा ७ मा अध्ययनरत विद्यार्थी पुन्यप्रसाद शर्माको (पाखुरा) हात भाँचिएको हो। गणित विषयका शिक्षक चौधरीले दिएको हिसाव नमिलाएर कापीमा कोरेको निहुँमा विद्यार्थीलाई बाँसको लठ्ठीले पिट्दा विद्यार्थी शर्माको हात भाँचिएको पिडक शिक्षक चौधरीले स्वीकार गरेका छन्।
केहि दिन अधि घटना भएको हो। विद्यार्थी शर्माले भन्नुभयो, हात भाँचिएको जानकारी भएपछि पोखरा स्थित स्याङ्जा मेडिकल हल महेन्द्रपुलमा गएर उपचार भएको थियो। उपचारपछि विद्यार्थीको विद्यालयमा निरन्तर पठनपाठन जारी रहेको छ।
विद्यार्थीको हात भाँचिएपछि विद्यालयका प्रिन्सिपल बुद्धिसागर त्रिपाठीले क्षतिपूर्ति स्वरुप विद्यार्थी शर्मालाई कक्षा १० सम्मको अध्ययन निःशुल्क बनाउने अभिभावक र विद्यालयका विचमा सहमति भएको जानकारी दिनुभयो।
शिक्षकको लापरबाही तबरबाट कुटपिट भएका कारणले विद्यार्थीको हात भाँचिएको हो। विद्यालय र शिक्षकलाई आवश्यक कारबाहीको प्रक्रिया अगाडी बढेको छ। स्याङ्जाका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले भन्नुभयो, घटना गम्भिर प्रकृतिको छ।
पिडित विद्यार्थीलाई उचित क्षतिपूर्ति दिलाउने विषयमा पहल भएको छ। जिल्ला बालकल्याण समिति स्याङ्जाका बाल अधिकार अधिकृत बद्रिप्रसाद वाग्लेलेेका अनुसार विद्यार्थीको भविश्यलाई ध्यानमा राखेर कारबाही गरिने छ।
केहि समयदेखि विद्यालय क्षेत्रमा जिल्लामा बाल अधिकार हननका घटनाहरुमा बृद्धि भएको छ । अधिकृत वाग्लेले भन्नुभयो, यसलाई न्यूनिकरण गर्नमा खासगरि विद्यालय स्तरमा सचेतनाको खाँचो रहेको छ।
स्याङ्जाको वालिङ्मा रहेको द एक्सील्यान्ट आवासिय माध्यामिक विद्यालयमा पनि करिव ६ महिना अगाडी शिक्षीकाको कुटाईबाट विद्यार्थीको हात भाँचिएको थियो। कारबाही स्वरुप शिक्षीका र विद्यालयका प्रिन्सिपललाई जिल्ला प्रशासन कार्यालय हाल तारेखमा राखेर कारबाही गरिरहेको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks