सिन्धु ढकाल, २२ फाल्गुन
एकीकृत नेकपा माओबादी चितबनका कार्यकर्ताले पार्टीकार्यालयमा नै बोलाएर आफुहरुलाई कुटपीट गरेको शहिद परिबारले आरोप लगाएका छन्। आज चितबनको नारायणगढमा पत्रकार सम्मेलन गरी शहिद परिबारले आफुहरुमाथि कुटपिट भएको जानकारी दिएका हुन्। पारिबारीक घटनाको बिषयलाई लिएर एकीकृत माओबादीका कार्यकर्ताले आफ्नो परिबारका ५ जनालाई गएराति कुटपिट गरेको चितबनको माडि अयोध्यापुरीका निबासी शहिद परिबारका सदस्य चन्द्र प्रसाद सुबेदीले जानकारी दिनुभयो ।
आफ्नो छोरा निलकण्ठ सुबेदि सुबासको निधन पछि आफ्नी बुहारीले अर्को बिबाह गरेकेा र आफ्नो छोरासँगको सम्बन्धबाट जन्मेएकी छोरी आफुहरुलाई दिलाईदिन पार्टी माग गर्दा आफुहरुमाथि आक्रमण भएको सुबेदीले जानकारी दिनुभयो ।
हामिहरुलाई हिजो दिउँसो सम्मान गरीयो अनि साँझ आक्रमण गरियो त्यसैले हामिलाई न्याय दिलाईदिन अनुरोध गर्दछौ पत्रकार सम्मेलनमा सुबेदीले भन्नुभयो ।
यसअघि हिजो एकीकृत माओबादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले चितबनमा शहिद परीबारलाई सम्मान गर्नुभएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks