Loving nepal news

Tuesday, March 16, 2010

तीन राजनीतिक दलको आग्रहमा बन्द फिर्ता

झापा, ३ चैत (दैनिकी)

सङ्घीय लिम्बुवान विद्यार्थी युनियनले आजदेखि गर्ने भनेको यातायात बन्द ठूला तीन राजनीतिक दलको आग्रहमा फिर्ता लिएको जनाएको छ । बन्द फिर्तासँगै झापाबाट चल्ने छोटो तथा लामो दूरीका सबै सवारीसाधन सञ्चालनमा आएका छन् । एकीकृत नेकपा (माओवादी), नेपाली काङ्ग्रेस र नेकपा (एमाले) ले युनियनका मागका विषयमा आफूहरू गम्भीर रहेको तथा सहमतिका साथ अघि बढ्ने आश्वासनपछि आफूहरूले बन्द फिर्ता लिएको युनियनका अध्यक्ष सञ्जीव योङ्याले बताउनुभयो ।
उहाँले सोमबार विर्तामोडमा भएको र्सवपक्षीय भेलामा आफ्नो भ्रातृ पार्टीसंघिय लिम्बुवान राज्य परिषद्सहित तीन ठूला दल युनियनका मागमा गम्भीर देखिएपछि बन्द फिर्ता लिएको बताउनुभयो । युनियनले गत वर्षस्ववियु निर्वाचनका बेला प्रहरीले चलाएको गोली लागी धुलाबारीमा मृत्यु भएका विद्यार्थी मनिल तामाङलाई सहिद घोषणा गर्नुपर्नेलगायतका माग राखेर बन्दको घोषणा गरेको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks