Loving nepal news

Tuesday, March 16, 2010

गाँउको सुरक्षाका लागि युवाको गस्ती

प्रत्येक घरबाट एकजना युवा गस्तीमा अनिवार्य रुपमा सहभागि हुनुपर्ने उर्दी जारी
केशव सावद कञ्चनपुर,३ चैत्र

प्रहरी प्रशासनबाट सुरक्षाको अनुभुती नपाएपछि कञ्चनपुरको रैकवार बिचवा गाविसका युवाहरुले गाँउको सुरक्षाका लागि गस्ती सुरु गरेका छन् । गाउँमा लुटेराहरुको समूहले श्रृँखलावद्ध रुपमा लुटपाट मच्चएपछि रैकवार बिचवाका नौवटै वडाका युवाहरु रातीको समयमा स्वतःस्फूर्त रुपमा गस्तीमा हिँड्ने गरेका छन् । युवाहरुले प्रत्येक घरबाट एकजना गस्तीमा अनिवार्य रुपमा सहभागि हुनुपर्ने उर्दी जारी गरेको राजघाटको नवज्योति निमाविका शिक्षक डम्बर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार रैकवारका युवाहरुले प्रत्येक गाँउमा २५-३० जनाको समुह बनाएर घरेलु हतियार सहित गस्ती सुरु गरेका छन् । युवाहरुले गाविसमा आउने प्रत्येक नयाँ मानिसलाई आफ्नो पुर्ण परिचय खुल्ने कागजात सँगै लिएर आउनु समेत आग्रह गरेका छन् । युवाहरुले अनटेष्ट मोटरर्साईकल गाँउ प्रवेशमा रोक लगाएका छन् भने नम्बर प्लेट भएको मोटरर्साईकलमा गाँउ प्रवेश गर्ने व्यक्तीलाई समेत केरकार गर्ने गरेका छन् । चालकसँग गाडीको कागजात नभए प्रहरीलाई बुझाउने निर्णयसमेत युवाहरुले गरेका छन् । रैकवार विचवामा गत फागुन ४ गते र चैत्र १ गते राती लुटेरा समुहले लाखौँको लुटपाट गरेको थियो । यता सदरमुकासँगै जोडिएका उल्टाखाम तथा खैरभट्टीका युवाहरुले पनि राती गस्ति गर्न थालेका छन । फागनु २८ गतेराती सरस्वती टोलमा लुटेराहरुको समूहले लुटपाट गरेपछि एकता संस्थाको पहलमा गाउँमा सुरक्षाका लागी स्थानीय युवाहरु गस्ति गर्न थालेका छन । उनीहरु राती दशवजे देखी बिहान ४ वजेसम्म पालै-पालो २०-२५ जनाको समहू बनाएर गस्ति गर्न थालेको एकता समाजका महासचिव लवदेव अवस्थीले जानकारी दिनुभएको छ । गस्तिका समयमा आफ्नो स्पष्ट परिचय खुल्ने किसिमको परिचय पत्र बोकेर हिड्न उनीहरुले सबैलाई अनुरोध गरेका छन ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks