काठमाडौं, ४ चैत्र (दैनिकी)
जोसे मोरिन्होको ईन्टर मिलानले चेल्सीको च्याम्पियन्स लीग जित्ने सपनामा बिराम लगाईदिएको छ। पहिलो चरणमा २-१ ले पछी परेको चेल्सीको दोस्रो चरणको खेल घरेलु मैदानमा हुने भएकोले चेल्सीलाई ठुलो आशा थियो। तर मंगलबार राती भएको यस खेलमा ईन्टर मिलानले चेल्सीको घरेलु मैदान स्टामफोर्डमा १-० को नतिजा निस्बेपछी चेल्सी च्याम्पियन्सबाट बाहिरिएको छ।
मंगलबार राती भएको खेलमा ईन्टरका लागि खेलको ७९ औँ मिनेटमा इटोले एक मात्र गोल गरेका थिए। यस खेलको अन्तिम क्षणतीर चेल्सीका उतकृष्ट खेलाडी ड्रोग्वा खेलमा दोस्रो पटक पहेलो कार्ड पाएर खेलबाट निस्कासित भएका थिए। यस खेलमा दुबै तर्फबाट निकै धक्का मुक्की भएको थियो। खेलको दौरान ईन्टर मिलानका ४ तथा चेल्सीको ४ खेलाडीलाई पहेलो कार्ड देखाउनु परेको थियो।
यस्तै च्याम्पियन्स लीग अन्तर्गत मंगलबार राती भएको अर्को खेलमा सिएसके मस्कोले सेभिलालाई २-१ ले हराएको छ। पहिलो चरणमा यि दुई टोलीहरु १-१ वरावरीमा टुंगिएको थियो। समग्रमा सिएसके मस्कोले सेभिलालाई ३-२ ले पराजित गरेको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks