शान्ति सुरक्षाको स्थिति तुलनात्मक रुपमा मजबुत रहेको, अपराधमा संलग्नहरुलाई कारबाही भएरै छाड्ने
प्रियास्मृती ढकाल बाँके ३ चैत्र
गृहमन्त्री भिम रावलले गृहराज्यमन्त्री रिजवान अन्सारीले पार्टीको अनुशासन तोडेको कारण पार्टीले उहाँलाई फिर्ता बोलाएको बताउनु भएको छ । प्रेस चौतारी बाँकेले आज नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । शान्ति सुरक्षा सुदृढ गर्नमा गृहमन्त्रीबाट असहयोग भएको भन्दै राजीनामा दिनु भएका गृहराज्यमन्त्री अन्सारीलाई गृहमन्त्री रावलले अनुशासनहीन व्यक्तिको संज्ञा दिनु भयो । शान्ति सुरक्षाको स्थिति तुलनात्मक रुपमा मजबुत रहेको दाबी गर्दै उहाँले अपराधमा संलग्नहरुलाई कारबाही भएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । अपराध नियन्त्रण गर्नु भन्दा अपराधीलाई प्रोत्साहन गर्न केहि राजननीतिक दलहरु सक्रिय रहेको आरोप लगाउँदै गृहमन्त्री रावलले सरकारका काम कारबाहीमा समेत बाधा पुर्याइ रहेको जिकिर गर्नु भयो । एकिकृत माओवादीले सडकमा अराजकता फैलाउँदैमा सरकार परिवर्तन नहुने उहाँले ठोकुवा गर्नु भयो । समयमै संविधान जारी गर्नका लागि सबै दल बिच सहकार्य र सहमतिको आवश्यकता रहेको भन्दै उहाँले संविधान जारी गर्नु अघि माओवादी लडाकुको समायोजन र पुनर्स्थापन गर्नु पर्नेमा जोड दिनु भयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks