सुदिप पुरी /सुर्खेत २९ फागुन
एकिकृत माओबादी भेरी कणाली राज्य समितिले आफना सचिवालय सदस्य ऋषि प्रसाद गौतम राहूलको बसको ठक्करबाट मृत्य् भएको बिरोधमा २ दिन भेरी कणाली बन्द गरेको छ। समितिले सचिवालय सदस्य राहूलको मृत्य् सुनियोजित ढङ्गले घटाईएको आरोप लगाउदै आज र भोलि २ दिन भेरी कर्णाली बन्द गराएको हो। माओबादीले स्थानिय प्रशासनले दोषिलाई कार्बाहि नगरे चुप लागेर नबस्ने चेतावनि समेत दिएको छ।माओवादिले हत्यारालाई तत्काल कार्वाही गर्नुपर्नै , गौतमलाई राष्ट्रिय शहिद घोषणा गर्नुपर्नै र उचित क्षतिपुर्ति दिनुपर्ने जस्ता ३ वटा माग अघि सारेको छ। चालकलाई तत्काल कार्वाही नभए जनताद्धारानै कार्वाही गरीने र त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने माओवादिले जनाएको छ। सुर्खेत बसपार्कमा बसिरहेका गौतमलाई बिहिबार ना३ख ८५६४ नम्बरको बसले ठक्कर दिई गम्भिर घाईते गौतमलाई उपचारको क्रममा राजधानिको बि एण्ड बि अस्पतालमा ज्यान गएको थियो। बन्दका कारण सुर्खेत लगाएत भेरीकर्णालीका ८ जिल्लाको जनजिबन प्रभाबित बनेको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks