Loving nepal news

Tuesday, March 2, 2010

अज्ञात व्यक्तिद्बारा राजधानीमा गोली प्रहार

प्रहरीले तलासीका क्रममा अनगिन्ती पल्सर मोटरसाइकल चालकहरुलाई नियन्त्रणमा लिएर सोधपुछ
काठमाडौं, १८ फाल्गुन (दैनिकी)

राजधानीको रानीवारी नजिकै मंगलबार साझ भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सका अध्यक्ष नागेन्दर किशन चढेको गाडीमाथी अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन् । उक्त गोली नागेन्दर किशनले चढेको 'रेन्ज रोभर' गाडीको ढोकाको शिशामा लागेको थियो। हत्याराले दोस्रो गोली चलाउनु भन्दा अगाडी नै उक्त गाडीका चालकले गाडी भगाउन सफल भएबाट नागेन्दर किशन बचेका थिए।
हत्याराहरुले यस गोलीकाण्डमा पनि कालो रङ्गको पल्सर मोटरसाइकलको प्रयोग गरेका थिए। रानीवारीमा गोली प्रहार भए पछी प्रहरीले काठमाण्डौको सुरक्षा व्यवस्थालाई कडा पारेर गोली प्रहार गर्नेरहरुको व्यापक तलासी शुरु गरिएको छ। यस घट्ना पछी प्रहरीले तलासीका क्रममा अनगिन्ती पल्सर मोटरसाइकल चालकहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरी कार्वाही अगाडी बढाएको छ। प्रहरीले घटनाको खबर प्राप्त हुनासाथ काठमाण्डोबाट बाहिरिने नाकाहरु थानकोट, भक्तपुर, बालाजु, चोभार लगायतका क्षेत्रमा खोजी कार्यमा तिब्रता ल्याएको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks