वीरगन्ज, ९ चैत (दैनिकी)
जिल्ला प्रशासन कार्यालय पर्साले चालु आर्थिक वर्षो आठ महिनामा राहदानी वितरणबाट रु. एककरोड २५ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु वर्षो साउनदेखि फागुन मसान्तसम्ममा रु. एककरोड भन्दाबढी राजस्व सङ्कलन गर्न सफल भएको हो । साउनदेखि फागुनसम्म प्रशासन कार्यालयले राहदानी वितरणबाट मात्रै रु.एककरोड, २२ लाख, ४१ हजार २०० राजस्व सङ्कलन गरेको सो कार्यालयका लेखापाल अच्युत भण्डारीले जानकारी दिनुभयो ।
उहाँले फागुन महिनामा मात्रै रु. १८ लाख भन्दाबढी राजस्व सङ्कलन भएको बताउनुभयो । फागुनमा रु. १८ लाख, ५० हजार ८०० राजस्व सङ्कलन भएको जनाएको छ । फागुन महिनामा जम्मा ३७२ वटा राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालय पर्साको राहदानी फाँटका प्रमुख विष्णुचन्द्रलाल कर्णले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks