दिपक पाण्डेय पाल्पा,१ चैत
आईतबार भुवनपोखरी देखि तानसेन तर्फआउदै गरेको लु १ ज १०६८ नं. को जिप भुवनपोखरी र छहराको विचमा दुर्घटना हुँदा २० जना र्घाईते भएका छन् । जीप सडक देखि ५०।६० मिटर तल खसेको घाइतेले बताएका छन् ।
उक्त जीप छहरा गा.वि.स.को अँधेरी गैरामा सोही दिशाबाट तानसेन तर्फआउदै गरेको माइक्रोबसलाई उछिन्न खोज्दा सडकबाट तल खसेको थियो । उक्त दुर्घटनामा घाइते भएका एक ठाकुर लोहागुनले गलत साइडबाट जीपले माइक्रोबसलाई उछिन्न खोज्दा जीप अनियन्त्रित भै पल्टेको बताए ।
दुर्घटनामा घाइते भएका २० जनाको तानसेन स्थित मिसन अस्पतालमा उपचार भै रहेको छ । घाइतेहरु मध्ये ३ जनाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । चिन्ताजनक अवस्था हुनेहरुमा भुवन पोखरी गा.वि.स.का बालकुमारी वि.क., शिव वि.क. र कमला लाम्टाङेको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।
घाइते सबैजनाको मिसन अस्पतालमा उपचार भैरहेको छ । केहीलाई उपचार पछि घर फर्किएको अस्पताललेबताएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks