गणेश निरौला इटहरी, २१ फागुन
नेपाल पत्रकार महाँसंघका अध्यक्ष धर्बेन्द्र झाले प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामा माग गर्नुभएको छ । सुनसरीको इनरुवामा आज संचारकर्मीहरुसंगको अर्न्तकृयामा उहाँले प्रधानमन्त्रीको राजिनामा माग गर्नुभएको हो । उहाँले भन्नुभयो,-संचारकर्मी तथा नागरिकहरुको सुरक्षा दिन नसक्ने सरकार प्रमुखले सत्तामा बस्नुको कुनै औचित्य छैन ।
दुइदिन अघि सुनसरीमा आन्दोलनका क्रममा प्रहरीको लाठिचार्जबाट र्घाईते भएका संचारकर्मीहरुको अवस्था बुझ्न सुनसरी आईपुग्नुभएको झाले संचारकर्मीहरु आन्दोलन र प्रहरीको पिर्टाईबाट बानि परिसकेकाले आफुहरु सरकारको दमनबाट बिचलित नहुने बताउनुभयो ।
अध्यक्ष झाले संचारकर्मीलाई दमन गर्ने प्रमुख जिल्ला अधिकारी र सुनसरी प्रहरी प्रमुखलाई निलम्बन गरी कार्बाही गर्न माग गर्नुभयो । केहीदिन अघि जनकपुरमा संचार उद्यमीको हत्याको बिरोधमा सुनसरीका संचारकर्मीहरु आन्दोलनमा उत्रिएका थिए । सुनसरीमा मात्र प्रहरीको दमनबाट ११ जना पत्रकार र्घाईते भएका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks