Loving nepal news

Thursday, March 4, 2010

गजनीका निर्देशक मुरूगदासलाई आमिर भन्दा सलमान मनपर्यो


काठमाडौं, २१ फागुन (दैनिकी)

बलिउडको सफल चलचित्र गजनीका निर्देशक मुरूगदासले आफ्नो नँया चलचित्र 'किक' का लागि आमिरलाई लिएनन्। उनले यस चलचित्रका लागि अर्का खान सलमान लाई अनुवन्धित गरेका छन्। उनले आमिरलाई लिएर बनाएको चलचित्र गजनीले अपार सफलता पाएको भएता पनि उनलाई सलमान खानले अभिनय यरेको चलचित्र वान्टेडमा सलमानको अभिनय निकै मन परेकोले उनले आमिरको सट्टा सलमानलाई अनुवन्धित गरेका बताए। वान्टेडमा सलमानको लोफरपना तथा द्बन्दले निर्देशक मुरूगदासलाई रिझाएको थियो। चलचित्र 'किक' तमिल चलचित्रको रिमेकका रुपमा बन्न लागेको हो।
हाल यस चलचित्रको पटकथामा कार्य भईरहेको छ। अहिले देखी यस चलचित्रको नायिकाको भुमिका प्राप्त गर्न बलिउडका नायिकाहरुबीच प्रतिस्पर्धा शुरु भईसकेको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks