Loving nepal news

Monday, March 29, 2010

प्रतिबद्धता पूरा गर्न समयमै संविधान लेख्नु पर्ने

हतियार नभएको व्यक्ति लडाकू हुन नसक्ने, हतियार सङ्ख्याका आधारमा माओवादी लडाकूको समायोजन गर्नुपर्ने

सल्यान, १६ चैत (दैनिकी)

सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले जेठ १४ गते नयाँ संविधान लेखनका लागि दलहरुलाई सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको छ । सल्यानको कपुरकोटमा रेडियो गाउबेसी एफएमको आज बिहान उद्घाटन गर्दै मन्त्री पोखरेलले राजनीतिक दलहरुले जनता सामु गरेको प्रतिबद्धता पूरा गर्न समयमै संविधान लेख्नु पर्नेमा जोड दिनुभयो। शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध भएको उल्लेख गर्दै उहाँले अयोग्य लडाकूको बहिर्गमन यसको उदाहरण भएको जानकारी दिनुभयो ।
जसले बैठक बोलाउँछ त्यही पार्टीले बैठकको अध्यक्षता गर्ने सहमति गरेर उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्वका बारेमा उठेको विवाद टुङ्ग्याउनु पर्ने उहाँको सुझाव थियो । माओवादीले लचक भए सेना समायोजनको विषय ठूलो नरहेको भन्दै मन्त्री पोखरेलले हतियार नभएको व्यक्ति लडाकू हुन नसक्ने भएकाले हतियार सङ्ख्याका आधारमा माओवादी लडाकूको समायोजन गर्नुपर्ने बताउनुभयो । लोककल्याणकारी विज्ञापन छापामाध्यमलाई मात्रै दिएकामा यो वर्षेखि विद्युतीय माध्यमलाई पनि दिने निर्णय गरेर यो सरकार सञ्चारमाध्यमको विकासका लागि उद्धार रहेको उहाँको भनाइ थियो । कार्यक्रममा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले अहिलेकै सरकारले नयाँ संविधान जारी गर्ने दाबी गर्नुभयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks