Loving nepal news

Tuesday, March 23, 2010

ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

बागलुङ, ११ चैत (दैनिकी)

भोलिदेखि सुरु हुने एसएलसी परीक्षाका लागि चाहिने आवश्यक सामान जिल्लाको कुश्मिशेरा र बलेवा परीक्षा केन्द्रमा पुर्‍याई सदरमुकाम फर्कँदै गरेको टाटामनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। प्रहरी कार्यालयको बा.१ग २१४५ नम्बरको गाडी मङ्गलबार राति १० बजे बागलुङ नगरपालिका–१ स्थित खुर्दुके भीरबाट करिब ५९ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा बलेवा पैयुपाटा घर भएका २७ वर्षीय गाडी चालक कृष्णप्रसाद पौडेल रहेका छन्। घाइतेमध्ये केहीको मणिपाल अस्पताल, पोखरामा र अन्य केहीको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks