Loving nepal news

Wednesday, March 10, 2010

अन्तरराष्ट्रिय महोत्सव एक दिन थपियो

डेढ लाख दर्शकले अवलोकन गरे
दीपक बुढा सुर्खेत, २५ फागुन

सुर्खेत वीरेन्द्रनगरमा चलिरहेको अन्तरराष्ट्रिय लोक साँस्कृतिक तथा पर्यटन महोत्सव एक दिन थप हुने भएको छ । फागुन २० गते उद्घाटन गरिएको महोत्सव फागुन २६ गते समापन हुने भनिय पनि सुर्खेत जिल्लाको जिल्ला परिषद बैठक आयोजना गरिएको हुँदा अतिथिहरु सबै उक्त कार्यक्रममा व्यस्त हुने भएकाले महोत्सव एक दिन थपिएको हो ।
स्थानीय कला सँस्कृति तथा पर्यटकिय स्थलको बारेमा प्रचार-प्रसार, लोक साँस्कृतिक सम्पत्तीको संरक्षण, पर्यटकिय स्थलको बारेमा प्रचार-प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवको पाँचौ दिन फ्रान्स, इटालि, भारत, बेल्जीयम, बंगलादेश लगायतका १२ देशका ३५० भन्दाबढी कलाकारहरुले आ-आफ्नो देशको कला संस्कृति प्रदर्शन गरेका थिए ।
फागुन २० देखि सञ्चालित महोत्सवमा हाल सम्म डेढ लाख दर्शकले अवलोकन गर्नुका साथै करिव ४० लाख भन्दाबढीको आर्थिक कारोबार भएको महोत्सव आयोजक मुल समितिका संयोजक टिकाराम चपाईले जानकारी दिएका छन् ।
मंगलबारको प्रस्तुतीमा हा“स्य नृत्यकार दिपक थापा, हाँस्य टेलिसृङखला जिरे खुर्सानिका शिवहरी नेपाल -सभासद) र देविराम पराजुली -भोक लाग्यो), लोक गायिका मञ्ज महत, मञ्जु थापा लगायतले आ-आफ्नो कला पर्रदर्शन गरेका थिए ।
महोत्सवमा सञ्चालित डच्फायर मध्यपश्चिम डान्स आईडलमा १६ जना प्रतिश्पर्धीमावीच सम्पन्न भएको छ तर नतिजा भने महोत्सवको अन्तीम दिन घोषणा हुने जनाईएको छ ।
त्यसैगरी टुबोग लोक दोहोरी नेपालीताराको प्रतिस्पर्धामा देशका विभिन्न जिल्लाबाट १२ जोडी सहभागि रहेका छन् उनीहरुको दोस्रो चरणको प्रतिस्पर्धा आज -बुधबार) हुँदैछ ।
महोत्सवको सातौ दिन झयाई कुटीझयाई हाँस्य टेलिसृङखलाका दमन रुपाखेती र शेखर बुढाथोको प्रस्तुती, १५९ चराको आवाज निकाल्ने रमेश दुलालको कला प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks