काठमाडौं, १५ चैत्र (दैनिकी)
राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल अन्तर्गत आर्इतबार भएको खेलमा फ्रेण्डस क्लबले आरसिटीलार्इ ३-२ ले हराएको छ। फ्रेण्डस क्लबका लागि खेलको ७ औँ मिनेटमा पुकारले पहिलो गोल, ३३ औँ मिनेटमा बुध्द चेम्जोगंले दोस्रो गोल तथा खेलको ४४ औँ मिनेटमा भरत खवासले ले तेस्रो गोल गरेर फ्रेण्डस क्लबलार्इ मध्यान्तर सम्म ३-० को बढत दिलाएको थियो। तर मध्यान्तर पछाडी आरसिटीको तर्फबाट ५८ औँ मिनेटमा शगुन श्रेष्ठले ले पहिलो गोल फर्काएका थिए भने ८२ औँ मिनेटमा दिपक रार्इले दोस्रो गोल फर्काएका थिए।
आर्इतबार नै भएको अर्को खेलमा एनआरटी क्लबले संकटाक्लबलार्इ २-१ ले हराएको छ। एनआरटी क्लबका लागि पहिलो गोल खेलको २७ औँ मिनेटमा शयान मोसाभीले तथा दोस्रो गोल ५८ औँ मिनेटमा शुभाष रार्इले गरेका थिए। संकटाका लागि एकमात्र गोल ८३ औँ मिनेटमा मोहमद हुसेनले गरेका थिए
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks