गरिबी निवारण कोषको उपाध्यक्षमा पूर्व अर्थसचिव विद्याधर मल्लिकलाई नियुक्त
काठमाडौं,७ चैत्र (दैनिकी)
सरकारले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा. युवराज खतिवडालाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् अर्थशास्त्री डा. खतिवडालाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले जानकारी दिनुभयो। अर्थमन्त्री सुरेन्द्र पाण्डेको अध्यक्षतामा गठित सिफारिस समितिले राष्ट्र बैङ्कका डेपुटी गभर्नर वीरविक्रम रायमाझी, अर्थसचिव रामेश्वर खनाल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.युवराज खतिवडालाई गभर्नरमा नियुक्त गर्न सिफारिस गरेको थियो।
निवर्तमान गभर्नर विजयनाथ भट्टराईको पदावधि सकिएको करिब एकमहिना बितेपनि सत्ता साझेदार प्रमुख राजनीतिक दलबीच नयाँ गभर्नर नियुक्तीमा विवाद उत्पन्न भएका कारण गभर्नर नियुक्तीमा ढिलाई भएको थियो।
नेपाल राष्ट्र बैंकको गर्भनर पदमका लागि युवराज खतिवडा लगाएत बिर बिक्रम रायमाझी तथा रामेश्वर खनालको नाम सिफारिस भएको महिनौ भईसकेको थियो।
यसैगरी, मन्त्रिपरिषद्को बैठकले गरिबी निवारण कोषको उपाध्यक्षमा पूर्व अर्थसचिव विद्याधर मल्लिकलाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यसैगरी बैठकले मेसिन रिडेवल पासपोर्ट (एमआरपी) छपाईका लागि भारत सरकारसँग छलफल गरी त्यससम्बन्धी कारबाही अगाडि बढाउन परराष्ट्र मन्त्रालयलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले बताउनुभयो।
एमाले निकट मानिने खतिवडा २०१३ सालमा ताप्लेजुङमा जन्मेका हुन भने स्थायी घर झापाको वेगुन्धरामा छ । उनले त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर र जनप्रशासनमा स्नातकोत्तर गरेका हुन् । दिल्ली विश्वविद्यालयबाट २०४८ सालमा मौदि्रक अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन् । राष्ट्रिय योजना आयोगका सदस्य रहेका उनी माधव नेपालको सरकार बनेपछि आयोगका उपाध्यक्ष भएका थिए । राष्ट्र बैंकबाट २०६१ सालमा अवकाश पाएका थिए । २०६३ देखि कोलम्बोस्थित राष्ट्रसंघीय विकास कार्यक्रमको एसिया प्रशान्त क्षेत्रका लागि वरिष्ठ अर्थशास्त्री (आर्थिक सल्लाहकार) का रूपमा उपाध्यक्ष हुनुअघिसम्म कार्यरत थिए । अर्थशास्त्रका सिद्धान्तलाई व्यवहारमा उतार्न सक्ने थोरै अर्थशास्त्रीमा पर्छन् । बजेट तयारी र थुप्रै अनुसन्धान तथा आयोगमा उनको अनुभव छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks