Loving nepal news

Friday, March 26, 2010

सम्पर्क अधिकृत लैजानुपर्ने सरकारी निर्णय विरुद्ध पर्यटन

काठमाडौं, १३ चैत (दैनिकी)

समूहगत पदयात्रामा जाँदा सम्पर्क अधिकृत लैजानुपर्ने सरकारी निर्णय विरुद्ध उत्रिएका पर्यटन व्यवसायीले व्यवसाय नै बन्द गर्ने चेतावनी दिएका छन् । उक्त निर्णय तत्काल फिर्ता लिनुपर्नेमा जोड दिँदै टे्रकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान)का प्रथम उपाध्यक्ष बच्चुनारायण श्रेष्ठले निर्णय आफूहरुलाई मान्य नहुने बताउनुभयो । सर्म्पर्क अधिकृत लैजाँदा न्यूनतम एकहजार डलर खर्च हुनेभएकाले व्यवसाय नै सङ्कटमा पर्ने हुनाले उक्त निर्णयले विरोध गर्नुपरेको उहाँको कथन छ ।
सरकारले ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, बझाङ र दार्चुला गरी १३ जिल्लाका ४५ स्थानमा सम्पर्क अधिकृत लैजानुपर्ने निर्णय गरेको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks