काठमाडौं, १४ चैत (दैनिकी)
आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा राजस्थान रोयाल्सले डेक्कन चार्जर्सलाई ८ विकेटले पराजित गरेको छ। अहमदावादको मोटेरा स्टेडियममा भएको यस खेलमा टस जितेर पहिला ब्याटिङ्ग गरेको डेक्कन चार्जर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो। डेक्कन चार्जर्सको तर्फबाट ६ छक्का र ८ चौका प्रहार भएको थियो। डेक्कन चार्जर्सको तर्फबाट रोहित शर्माले ३ छक्का र २ चौकाको मद्दतले ३५ बलमा ४९ रन, गिब्सले २ छक्का र २ चौकाको मद्दतले १४ बलमा २५ रन तथा साइमण्डसले ३ चौकाको मद्दतले १४ बलमा २२ रन बनाएका थिए। राजस्थान रोयाल्सका बलरहरूले किफायती बलिगं गरेका थिए। राजस्थान रोयाल्सका लागि शन टेटले ३ नरवलले २ तथा कार्नले १ विकेट लिएका थिए।
१ सय ४९ रनको लक्ष्यलाई पछ्याएको राजस्थान रोयाल्सले उक्त लक्ष्य १५.४ ओभरमा २ विकेट मात्र गुमाएर पार गरेको थियो। राजस्थान रोयाल्सको तर्फबाट ९ छक्का र ११ चौका प्रहार भएको थियो। राजस्थान रोयाल्सको तर्फ बाट पठानले ८ छक्का र २ चौकाको मद्दतले ३४ बलमा ७३ रन तथा लुम्बले ७ चौकाको मद्दतले ३२ बलमा ४५ रन बनाएका थिए। डेक्कन चार्जर्सका लागी ओझाले १ विकेट लिएका थिए।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks