Loving nepal news

Friday, March 26, 2010

मुम्बइ इन्डियन्सले चेन्नइ सुपर किगंसलाई हरायो


काठमाडौं, १३ चैत्र (दैनिकी)

आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा मुम्बइ इन्डियन्सले चेन्नइ सुपर किगंसलाई ५ विकेटले पराजित गरेको छ।

मुम्बइको ब्रेबोन स्टेडियममा भएको यस खेलमा टस हारेर पहिला ब्याटिग् गरेको चेन्नइ सुपर किगंसले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो। चेन्नइ सुपर किगंसको तर्फबाट ३ छक्का र १८ चौका प्रहार भएको थियो। चेन्नइ सुपर किगंसका लागी रैनाले ५२ बलमा ३ छक्का र ७ चौकाको मद्दतले ८३ रन तथा बद्रिनाथले ४५ बलमा ६ चौकाको मद्दतले ५५ रन बनाएका थिए। यि दुइले तेस्रो विकेटका लागि १४२ रनको साझेदारी गरेका थिए। मुम्बइ इन्डियन्सको तर्फबाट हरभजन तथा मैकलेरनले १,१ विकेट लिएका थिए।

१ सय ८१ रनको लक्ष्यलाई पछेयाएको मुम्बइ इन्डियन्सले सो लक्ष्य १९ औँ ओभरमा ५ विकेट गुमाएर पार गरेको थियो । मुम्बइ इन्डियन्सका लागि तेन्दुलकरले ५२ बलमा १ छक्का र ८ चौकाको मद्दतले ७२ रन तथा शिखर धवनले ३४ बलमा ३ छक्का र ५ चौकाको मद्दतले ५६ रन बनाएका थिए। मुम्बइ इन्डियन्सको तर्फबाट ६ छक्का र १७ चौका प्रहार भएको थियो। दिल्ली डेयर डेभिल्सका लागि मुरलीले घ तथा जाकाती, शर्मा र बालाजीले १,१ विकेट लिएका थिए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks