Loving nepal news

Sunday, March 14, 2010

शाहरुखको कोलकत्ता नाईट राईडर्सको अर्को बिजयी


काठमाडौं, १ चैत्र (दैनिकी)

आईपिएल क्रिकेट प्रतियोगितामा आइतबार भएको पहिलो खेलमा कोलकत्ता नाईट राईडर्सले रोयाल च्यालेन्जरलाई ७ विकेटले हराएको छ। कोलकत्ताको इडेन गार्डेनमा भएको यस खेलमा टस हारेर पहिला ब्याटिङ्ग गरेको रोयाल च्यालेन्जरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाएको थियो । रोयाल च्यालेन्जरको तर्फबाट २ छक्का र १३ चौका प्रहार भएको थियो। रोयाल च्यालेन्जरको तर्फबाट कालिसले ५२ बलमा १ छक्का र ७ चौकाको मद्दतले ६५ र बनाएका थिए। यस्तै राहुल द्रबिडले १६ बलमा ३ चौकाको मद्दतले २१ रन तथा उथप्पाले १७ बलमा १ चौकाको मद्दतले २० रन बनाएको थियो। कोलकत्ता नाईट राईडर्सका मैथ्यूजले ४ तथा मुरली कार्तिकले २ विकेट लिएका थिए।
१ सय ३६ रनको लक्ष्य पछ्याएको कोलकत्ता नाईट राईडर्सले १९.२ ओभरमा ७ विकेट गुमाएर सो लक्ष पार गरेको थियो। नाईट राईडर्सका लागी हजले ४५ बलमा ७ चौकाको मद्दतले ५० रन तथा तिवारीले २९ बलमा २ छक्का र ६ चौकाको मद्दतले ५० रन बनाएका थिए। नाईट राईडर्सको तर्फबाट ३ छक्का र १५ चौका प्रहार भएको थियो। रोयाल च्यालेन्जरका लागी भ्यान डी मर्वेले २ विकेट लिएका थिए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks