काठमाडौं, चैत १२ (दैनिकी)
आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा राजस्थान रोयाल्सले किगंस इलेभेनलाई ३१ रनले पराजित गरेको छ। मोहालीमा भएको यस खेलमा टस हारेर पहिला ब्याटिङ्ग गरेको राजस्थान रोयाल्सको टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो। राजस्थान रोयाल्सको तर्फबाट ३ छक्का र २१ चौका प्रहार भएको थियो। राजस्थान रोयाल्सको तर्फ बाट फजलले १ छक्का र ५ चौकाको मद्दतले ३८ बलमा ४५ रन, भोग्सले १ छक्का र ५ चौकाको मद्दतले २४ बलमा ४५ रन तथा लुम्बले ७ चौकाको मद्दतले ३० बलमा ४१ रन तथा युसुफ पठानले १ छक्का र १ चौकाको मद्दतले १९ बलमा २८ रन बनाएका थिए। किगंस इलेभेनको लागि श्रीसन्थ, श्रीवास्तव तथा चावलाले १,१ विकेट लिएका थिए।
१८४ रनको लक्ष्य पछ्याएको किगंस इलेभेनको टोलीले १९.१ ओभरमा १५२ रन बनाएर सबै विकेट गुमाएका थिए। किगंस इलेभेनको तर्फबाट ४ छक्का र १३ चौका प्रहार भएको थियो। बोपाराले २६ १ चौकाको मद्दतले २५ रन, बिसलाले १८ बलमा २ छक्का र ४ चौकाको मद्दतले ३५ रन, संगकाराले ६ चौकाको मद्दतले २९ तथा जयवर्दनेले २२ बलमा १ छक्काको मद्दतले २३ रन बनाएका थिए। राजस्थान रोयाल्सका लागी शन टैटले तथा त्रिवेदी र पठानले २,२ विकेट लिएका थिए।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks