यज्ञमूर्ति तिमिल्सिना/पाल्पा ५ चैत
एकीकृत ने.क.पा.माओवादीका पोलिटब्युरो सदस्य एवं मगरात राज्य समिति इन्चार्ज हेमन्त प्रकाश ओलीले निर्धारित समयमा संविधान जारी नभएमा माओवादीले सडकवाट संविधान जारी गर्ने चेतावनी दिएका छन् । मगराँत राज्य समिति अर्न्तगत गुल्मी, पाल्पा र अर्घाँखाँची जिल्ला स्तरीय कार्यकर्ताहरुलाई राजनितिक एवं वैचारिक प्रशिक्षण दिन गुल्मीको सदरमुकाम तम्घास पुगेका नेता सूदर्शनले बिहीवार क्रान्तिकारी पत्रकार संघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो चेतावनी दिएका हुन् । आफ्नो पार्टी मुल परिवर्तनकारी, जनमुखी संविधान निर्माणको पक्षमा लडिरहेको तर एमाले कांग्रेस लगायतका वर्तमान सरकारवादी दलहरु त्यसको बाधक बनेको उनको आरोप छ । जेठ १४ गते सम्म जनताले चाहेजस्तो संविधान बन्न नसके अब सडक आन्दोलनमा उत्रने जनताहरुले नै सडकबाटै जनमुखी संविधान घोषणा गर्ने बताए । ओलीले माओवादी नेतृत्वको सरकार नभएमा अन्य दलले २०४७ कै संविधानलाई निरन्तरता दिने भएको भन्दै नेता ओलीले शान्ति र संविधान निर्माणको माओवादी नेतृत्वको सरकार आवश्यक भएको बताए ।
माओवादीले राष्ट्रिय सहमतिको सरकार र नयाँ संविधान निर्माणको लागि दवाव दिन आन्दोलनको कार्यक्रम शुरु गरिसकेको वताउँदै चैत्र २४ गते जनआन्दोलन दिवसका दिन देशव्यापी दवावमुलक परदर्शन गर्ने उनको भनाई थियो । पत्रकार भेटघाटमा अर्का केन्द्रीय सदस्य तथा मगरात राज्य समितिका सेक्रेटरी सन्तोष वुढा मगरले नयाँ संविधान जारी हुनुभन्दा पनि महत्वपूर्ण कुरा कस्तो संविधान निर्माण हुने भन्ने भएकोले अहिलेको सरकारले वनाएको संविधान मान्य नहुने बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks