Loving nepal news

Wednesday, March 3, 2010

न्यूजील्याण्डद्बारा अष्ट्रेलिया २ विकेटले पराजित


पहिलो एकदिवसिय क्रिकेटमा न्यूजील्याण्डका कप्तान टेलर म्यान अफ द म्याच
काठमाडौं, १९ फागुन (दैनिकी)

अष्ट्रेलिया तथा न्यूजील्याण्ड बीच भएको पहिलो एकदिवसिय क्रिकेट खेलमा न्यूजील्याण्डले अष्ट्रेलियालाई २ विकेटले हराएको छ। न्यूजील्याण्डको नेपियरमा भएको यस खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो। अष्ट्रेलियाको तर्फबाट २ छक्का र २७ चौका प्रहार भएको थियो। २ सय ७६ रनको लक्ष्य पछ्याएको न्यूजील्याण्ड टोलीले ४९.२ ओभरमा ८ विकेट गुमाएर सो लक्ष पार गरेको थियो। न्यूजील्याण्डको तर्फबाट ३ छक्का र ३२ चौका प्रहार भएको थियो।
अष्ट्रेलियाको तर्फवाट वाटशनले ४५ रन, कप्तान पोन्टिगंले ४४ रन तथा हस्सीले ५९ रन बनाएको थियो। न्यूजील्याण्डका लागि टफिले ३ तथा बन्डले २ विकेट लिएका थिए।
न्यूजील्याण्डका लागी मक्कुलमले ४५ रन, इनग्रामले ४०, कप्तान टेलरले ७० तथा स्टाइरिसले नट आउट रही ४९ रन बनाएका थिए। अष्ट्रेलियाका लागी बोलिगंरले २ विकेट लिएको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks