काठमाडौं, ११ चैत (दैनिकी)
आईपिएल क्रिकेट प्रतियोगितामा मंगलबार भएको खेलमा रोयाल च्यालेन्जरले चेन्नइ सुपर किगंसलाई ३६ रनले हराएको छ। बंगलौरको चिन्नास्वामी स्टेडियममा भएको यस खेलमा टस हारेर पहिला ब्याटिङ्ग गरेको रोयाल च्यालेन्जरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । रोयाल च्यालेन्जरको तर्फबाट ८ छक्का र १४ चौका प्रहार भएको थियो। चेन्नइ सुपर किगंसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो। सुपर किगंसको तर्फबाट ३ छक्का र १४ चौका प्रहार भएको थियो।
टस हारेर पहिला ब्याटिङ्ग गरेको रोयाल च्यालेन्जरका मध्यक्रमका व्याट्सम्यानहरुले धुँवाधार व्याटिगं गरेका। रोयाल च्यालेन्जरको तर्फबाट उथप्पाले ३८ बलमा ३ छक्का र ६ चौकाको चौकाको मद्दतले ६८ रन बनाएको थियो। चेन्नइ सुपर किगंसको तर्फबाट मुरलिधरनले ३ विकेट लिएका थिए।
१ सय ७२ रनको लक्ष्यलाई पछ्याएको चेन्नइ सुपर किगंसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो। चेन्नइ सुपर किगंसका लागी हेडेनले २८ बलमा ५ चौकाको मद्दतले ३२ रन तथा बद्रिनाथले १७ बलमा १ छक्का र ५ चौकाको मद्दतले ३१ रन बनाएका थिए। रोयाल च्यालेन्जरका लागी बिनय कुमारले ४ विकेट लिएका थिए।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks