Loving nepal news

Friday, March 26, 2010

´लोडसेडिङ´ अन्त्य गर्नुपर्ने माग गर्दैप्राधिकरणमा धर्ना

काठमाडौं, १३ चैत (दैनिकी)

'लोडसेडिङ' अविलम्ब अन्त्य गर्नुपर्ने माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनले शुक्रबार रत्नपार्कस्थित नेपाल विद्युत् प्राधिकरणमा धर्ना दिएको छ । सङ्गठनका अध्यक्ष पशुपति खड्काले लोडसेडिङले गर्दा उद्योगधन्दाजस्ता विकासका संरचना बन्द हुने अवस्थामा पुगेका तथा जनता मारमा परेकाले लोडसेडिङ अन्त्यका लागि सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । सङ्गठनका दुइसय जनाले उक्त कार्यालयमा एकघन्टा धर्ना दिएका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks