यज्ञमूर्ति तिमिल्सिना/पाल्पा २९ फागु
जिल्लाका विभिन्न गाविसका महिलाहरू साक्षर र सरसफाई सम्वन्धि कृयाकलाप सञ्चालन गरी स्वच्छ समाजको निर्माण गर्न अभियानमा लागेका छन्। अक्षर चिनौ साक्षर वनौ भन्ने उद्धेश्यले निरक्षर महिलाहरुका लागि पहिलो चरणमा २ वटा कक्षा सञ्चालन गरी ५० जना महिलाहरुले साक्षर वन्ने अभियानमा लागेका हुन्। बिहान बेलुका चुलो र चौकोमा सिमित हुने महिलाहरुका लागि ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमलाई ग्रामीण आर्थिक विकास सघंले सहयोग पुर्याएपछि। महिला शिक्षा स्वास्थ्य सरफाइमा परिवर्तन आएको हो।
महिला शिक्षा मात्र होइन हिजो अर्काको शौचालय, खाली जमिन र जथाभावी दिशा पिसाव गर्ने महिला पुरुष वालवालिकाहरुले अहिले आपनै घरमा वनेको सफा शौचालयमा दिशा पिसाव गर्ने बानी वसालेका छन्। ग्रामीण आर्थिक विकास सघं रेडाको सहयोगमा महिला साक्षरता कक्षा र घरमा पक्की शौचालय निर्माण भएपछि अहिले सहजरुपमा सुविधा पुगेको महिलाहरु वताउँछन।यसरी महिलाका लागि लक्षित गरी कार्यक्रम सञ्चालन गरिएपछि महिलाहरूको नेतृत्व गर्ने क्षमतामा समेत बृद्धि भएको ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाका कार्यकारी निर्देशक लिला कार्कीको भनाई छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks