रोहित कुमार मण्डल लहान, ९ चैत्र
वाषिर्क रुपमा भाडा वापत बुझाउने रकमले मर्मत खर्च व्योहर्रन सकिने भए पनि मधेश आन्दोलनको क्रममा लहानमा आगजनी भएका कार्यालयहरु अझै सम्म मर्मत नहुदा सञ्चालनका लागि ती कार्यालयहरुले वर्षोनी लाखौ रकम तिरि रहेका छन् ।
आन्दोलनको क्रममा लहान स्थित रहेका राज्श्व कार्यालय, कृषि विकास बैंक लहान शखा, शुखिपुर शाखा, यातायात व्यवस्था कार्यालयले वर्षोनी २ देखि ३ लाख भन्दा बढिसम्मको रकम तिरि रहेका छन् । अहिले आन्तरीक राज्श्व कार्यालय लहानले मासिक २० हजारको दरले अढाइ वर्षसम्मको ५ लाख ६० हजार, कृषि विकास बैंकले मासिक २६ हजारको दरले दुइ वर्षनौ महिना सम्मको ८ लाख ५८ हजार र सोहि बैंकका उप शाखा सुखिपुरले मासिक १४ हजारको दरले दूइ वर्ष नौ महिनाको ४ लाख ६२ तथा यातायात व्यवस्था कार्यालयले मासिक १७ हजारको दरले दुइ वर्षो ४ लाख ८ हजार रुपैया तिरि सकेका छन् ।
सबै कार्यालयहरुले अहिले सम्म तिरेको रकमले आगजनी भएका ती कार्यालयहरुको मर्मत पनि भइ सक्थ्यो तर कसैले चासो देखाएन यहाका र्सव सधारणहरुको आरोप छ । भाडामा रहेका कार्यालयहरुलाई लहानकै गा्रमीण क्षेत्रभित्र पर्ने खाली भवनहरुमा प्रतिस्थापना गर्ने एक वर्षअघि जिल्ला प्रशासन कार्यालयले गरेको निर्ण्र्ााअझै सम्म पनि कार्यान्वयन नभएको उनिहरुले गुनासा गरेका छन् ।
आगजनी भएका कार्यालयहरुको आवश्यता अनुसार निर्माण तथा मरम्तको लागि राजविराज स्थित शहरी विकास तथा आवास डिभिजनल कार्यालयले टेण्डर दिएको डेढ वर्षभइ सके पनि ती भवनहरुको काम अहिले सम्म पुरा भएको छैन ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks