Loving nepal news

Friday, March 26, 2010

एसएलसी अनुगमन टोलीद्वारा दश जना पक्राउ

रोहित मण्डल लहान, १३ चैत्र

एसएलसी परिक्षाको आज शुक्रबार दोस्रो दिन जिल्लाबाट खटेको विषेश अनुगमन टोलीले सिरहाको लहान स्थित रहेको विभिन्न परिक्षा केन्द्रमा अर्मयादित तवरले परिक्षा गर्राई रहेको दशजनाई अनुगमन टोलीले प्रकाउ गरेका छन् । यसरी प्रकाउ पर्नेहरुमा पशुपति आर्दश मावि परिक्षा केन्द्रबाट रामबाबु सिहं,अमृत कुमार मण्डल,मुकेश कुमार यादव, केदारनाथ यादव, मदन कुमार सिहंलाई प्रकाउ गरेका छन । यस्तै रोयल सफटेक उच्च मावि परिक्षा केन्द्रबाट तिथिविस सुनार, लोकेन्द्र चौधरी प्रकाउ परेको हो । एपलो उच्च मावि परिक्षा केन्द्रबाट राज कुमार राम प्रकाउ परेका छन् । त्यसतै लक्षमण ललिता कुशवाहा मावि परिक्षा केन्द्रबाट रमेश यादव र कामेश्वर चौधरी गरि दूइ जनालाई प्रकाउ गरेको वडा प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक विपिन रेग्मीले जानकारी दिनुभयो ।
यसरी परिक्षा अर्मयादित तवरले संचालन गर्ने केन्द्राअध्यक्ष तथा निरिक्षकलाई ६ महिना जेल सजाय र १ लाख जरिवाना तिर्नु पर्ने सरकारले र्सार्वजनिक गरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks