Loving nepal news

Tuesday, March 23, 2010

राष्ट्रपति शासन लागु हुने हल्ला मात्र

डा.यादवले जेठ १४ गते भित्र नयाँ संविधान निर्माणका लागी सहमति कायम गरेर अघि बढन दलहरुलाई आग्रह

विजेता सिंह/जनकपुर, चैत ११ गते

राष्ट्रपति डा. रामवरण यादवले स्व. गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा रहेको उच्च स्तरीय राजनीतिक संयन्त्र सँग मुलुकले ठुलो आशा गरेको बताउनुभएको छ। कोइरालाको निधनपछि संविधान निर्माण र शान्ति प्रक्रियामा असर नपरोस भने चिन्ता लागेको पनि बताउनुभयो ।
राष्ट्रपति डा.यादवको पुख्यौली गाँउमा भेटन आउनुभएका अमेरिकी डेमोक्रेटिक पार्टीका सांसद किम फसेट, रिपब्लिकन पार्टीका साँसद केरोन क्रेसाग्रान्ट,स्टीबम व्युर्राई सहितका अमेरिकी टोली सँगको भेटघाटको क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
राष्ट्रपति डा.यादवको आंगनमै मंगलवार भएको अनौपचारीक भेटघाटमा उहाँले संविधान निर्माण कार्यमा भइरहेको ढिलाई प्रति चिन्ता व्यक्त गर्नुभएको छ । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुरयाउन सकेमात्र गिरिजाबावु प्रति सच्चा श्रद्धाञ्जली हुने उहाले बताउनुभयो ।
नेपालको राजनीतिक अवस्थाको अध्ययन गर्न आएका अमेरिकन टोली सँगको भेटघाटको क्रममा मुलुकको वर्तमान राजनीतिक अवस्थाको विषयमा राष्ट्रपति डा.यादवको छलफल भएको भेटघाटमा उपस्थित पूर्व उपसभामुख चित्रलेखा यादवले बताउनुभयो ।
यसअघि स्थानिय संचारकर्मी सँगको भेटघाटमा राष्ट्रपति डा.यादवले मुलुकमा राष्ट्रपति शासन लागु हुने भनि चलाइएको हल्ला गलत रहेको बताउनुभएको छ । यस्ता हल्ला किन र कसले चलाएको आफुलाई थाहा नभएको उल्लेख गर्दै राष्ट्रपति डा.यादवले यस्ता भ्रमपुर्ण कुरामा नलाग्न सवै सँग आगह गर्नुभयो ।
आरामका लागी सोमवार गृह जिल्ला धनुषाको सपहि आइपुग्नुभएको राष्ट्रपति डा.यादवले जेठ १४ गते भित्र नयाँ संविधान निर्माणका लागी सहमति कायम गरेर अघि बढन दलहरुलाई आग्रह गर्नुभयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks