Loving nepal news

Saturday, March 20, 2010

खेलकुद पत्रकारहरुको अधिबेशन आईतबार हुदै

नँया नेतृत्व चयन हुने , सबै तयारी पुरा
मनोरञ्जन शर्मा काठमाण्डौ,६ चैत्र

खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चको छैठौ बाषिर्क साधारण सभा आईतबार ललितपुरमा हुने भएको छ । साधारण सभाको संबिधानसभाका सभामुख सुभाषचन्द्र नेम्वांगले उदघाटन गर्नुहुने मञ्चका अध्यक्ष निरञ्जन राजबंशीले बताउनु भएको छ । बाषिर्क साधारण सभाको सबै तयारी पुरा भैसकेको मञ्चका सदस्य प्रकाश तिमल्सेनाले बताउनु भयो । बाषिर्क साधारण सभामा महासचिबले बाषिर्क प्रतिबेदन तथा कोषाध्यक्षले पेश गर्ने आर्थिक प्रतिबेदन माथि छलफल हुने छ र आगामी तिन बर्षा लागी नँया नेतृत्व चयन समेत गर्ने महासचिब हेमन्त काफलेले बताउनु भयो ।
बाषिर्क साधारण सभाको सबै तयारी पुरा भैसकेको मञ्चका सदस्य प्रकाश तिमल्सेनाले बताउनु भयो । नेपाल खेलकुद पत्रकार मञ्चको बाषिर्क साधारणसभाबाट नँया नेतृत्व चयन हुने भए पछी खेलपत्रकारहरुमाझ नँया नेतृत्वका बिषयमा बहस समेत सुरु भएको छ । केही खेलपत्रकारहरु बर्तमान नेतृत्वलाई नै थप अर्को कालका लागी निरन्तरता दिने पक्षमा रहेका छन् भने केही भने लोकतान्त्रिक पद्धती अनुसार निर्बाचनमा जान उचित हुने बताएका छन्. ।
मञ्चमा अहिले पदाधिकारीहरुमा र्सबसम्मत बनाउने प्रयास भैरहेको एक सदस्यले बताएका छन् । मञ्चमा बिभिन्न छापा तथा बिद्युतिय सञ्चारमाध्यममा कार्यरत ६३ खेलपत्रकार सदस्य रहेका छन् । मञ्चको पाल्पा, चितवन,कास्की, रुपन्देही, कन्चनपुर, मकवानपुर लगायत ८ जिल्लामा समन्वय शाखा बिस्तार भैसकेको र आगामी बर्षभित्र २५ जिल्लामा समन्वय शाखा बिस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष निरन्जन राजबंशीले बताउनु भयो ।
मञ्चले बिगत ८ बर्षदेखि निरन्तर बर्षा उत्कृष्ट खेलाडीहरुको छनौट गरी बिभिन्न बिधामा पुरस्कृत तथा सम्मान गर्दै आएको छ भने खेलकुद क्षेत्रमा बिशिष्ट योगदान गर्ने ब्यक्तीलाई लाईफर्टाईम एचिभमेन्ट अवार्ड बाट सम्मानित गर्दै आइरहेको छ भने यो बर्षदेखि जिल्लामा रहेका पत्रकारहरुलाई खेलकुदको समाचारलेखनमा मद्धत पुरयाउने उद्धेश्यले खेलकुद पत्रकारीता तालिमको पाल्पाबाट सुरुवात गरेको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks