Loving nepal news

Saturday, March 13, 2010

तोकिएको समयमा नयाँ संविधान बन्न नसक्ने

डिएम चाम्लिङ र्राई/खोटाङ फागुन २८ गते

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी जेष्ठ १४ गते भित्र नयाँ संविधान बन्न नसक्ने संङ्केत गर्नुभएको छ । प्रमुख प्रतिपक्षि दल एकीकृत माओवादीको सहकार्यबिना समयमै संविधान बन्न नसक्ने बताउँदै देशलाई गृहयुद्धतर्फलाग्न नदिन माओवादीलाई सहमतीको राजनीतिमा आउन आग्रह गर्नुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटि खोटाङको पाँचौ जिल्ला अधिवेसनलाई आज शुक्रबार सदरमुकाम दिक्तेलमा सम्वोधन गर्नुहुँदै अध्यक्ष खनालले यस्तो बताउनुभएको हो । सो अवसरमा बोल्दै अध्यक्ष खनालले समयमै संविधान बनाउनका लागि प्रमुख दल माओवादी सहमती र सहकार्यको राजनीतिमा आउनुपर्ने धारणा राख्दै विश्वासको वातावरण तयार पार्नका लागि विगतमा भएको सहमती, सहकार्य र सम्झौता पालना गरी हिंसाको राजनीति त्याग्न माओवादीलाई आग्रह गर्नुभयो ।

माओवादीसंग विगतमा भएको सहमती कार्यान्वयन र सेना समायोजन हुन सकेमात्र जनताले खोजेजस्तो नयाँ संविधान समयमै बन्ने धारणा राख्नुभयो । ''राष्ट्रिय एकता, सामाजिक रुपान्तरण र संघीय लोकतान्त्रिक गणतन्त्रका लागि नयाँ संविधान, यथास्थिती, अराजकता र विखण्डनका विरुद्ध पाँचौ जिल्ला अधिवेसन'' भन्ने मूल नाराका साथ भईरहेको अधिवेसनको उद्घाटन समारोहलाई हजारौ कार्यकर्ताको बीच सम्वोधन गर्दै अध्यक्ष खनालले देश अराजकता, अकर्मन्यता, यथास्थितीवादमा अल्मलिएको तर्फऔल्याउँदै देशको खच्कदो शान्ति सुरक्षाप्रति चिन्ता व्यक्त गर्नुभयो । खनालले भन्नुभयो -'एमाले पार्टीलाई माओवादीले मित्र पार्टीको रुपमा चाहान्छ भने हत्या हिंसाको राजनीति त्यागेर सहमतीय राजनीतिमा आउनुपर्छ ।'

गलत काम, हत्याहिंसाले मित्रता कायम हुन नसक्ने बताउँदै उहाँले देशका कम्युनिष्ट शक्तिहरुबीच झगडा गरे विदेशि शक्तिहरुले फाईदा लिन सक्ने धारणा राख्नुभयो । नेकपा एमाले सच्चा जनताको पार्टी भएकाले आफ्नो नीति, सिद्धान्त अनुसार अगाडि बढिरहेको बताउँदै खनालले आगामी दिनहरुमा प्रमुखदलहरु एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । सोही अवसरमा अध्यक्ष खनालले पार्टीको केन्द्रिय समितिमा उठेको गलत कुराहरुको वुटबलमा भएको आठौ महाधिवेसनले वैचारिक र सैद्धान्तिक रुपबाट समस्याको समाधान भएको बताउनुभयो ।

अर्का एमाले नेता तथा केन्द्रिय उपाध्यक्ष अशोक र्राईले एमाले पार्टी मात्र लोकतान्त्रिक पार्टी भएको बताउँदै धाँदलि, षड्यन्त्र र हिंसाको राजनीति त्याग्न माओवादीलाई आग्रह गर्नुभयो । उहाँले जनताले अनिच्छाएका कुराहरु एमाले आफैले गरिरहेको स्वीकार गर्दै कम्युनिष्ट लोकतान्त्रिक आन्दोलनको नेतृत्व एमाललेले मात्र गरिरहेको ठोकुवा गर्नुभयो ।

यतिबेला एमाले गम्भिर चुनौतीकोबीचबाट गुज्रीरहेको बताउँदै नयाँ संविधान, सरकार, लोकतन्त्र, नयाँ नेपाल र कम्युनिष्टहरुको नेतृत्व गरिरहेको कारण एमालेलाई संक्रमणकालीन अवस्था सृजना भएको बताउनुभयो । त्यस्तै अनेरास्ववियुका विदेश विभाग प्रमुख भिम र्राईले जनवादी र वैज्ञानिक शिक्षा देशमा हुनुपर्ने बताउँदै राज्यको पुनःसंरचना संगै शैक्षिक पुनसंरचना हुन आवश्यक भएको बताउनुभयो ।

खोटाङमा भईरहेको अधिवेसनमा बोल्ने अधिकांश एमाले नेताहरुले एकता, अग्रगमन र नयाँ नेपाल निर्माणका लागि प्रमुख तीनदल एकजुट भएमात्र नेपाली जनताले चाहेजस्तो नयाँ संविधान बन्ने बताएका छन् । अधिवेसनको उद्घाटन सुरु हुनुभन्दा अगाडि गाउँगाउँबाट आएका हजारौ एमाले कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सभाषद उषाकला र्राई, एमालेका पोलिट व्युरो सदस्य धर्मनाथ उपाध्याय, जगन्नाथ खतिवडा, पूर्व सांसाद सुरेश कार्की, एमालेका ओखलढुङ्गाका अध्यक्ष यज्ञराज सुनुवार, भोजपुरका अध्यक्ष शेरधन र्राई, लगायतले बोलेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks