काठमाडौं, ६ चैत्र (दैनिकी)
आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबारको खेलमा रोयाल च्यालेन्जरले राजस्थान रोयाल्सलाई १० विकेटले पराजित गरेको छ।
बंगलौरमा भएको यस खेलमा टस हारेर पहिला ब्याटिङ्ग गरेको राजस्थान रोयाल्स १९.५ ओभरमा ९२ रन मात्र बनाएर सबै विकेट गुमाएको थियो। राजस्थान रोयाल्सको तर्फबाट २ छक्का र ५ चौका प्रहार भएको थियो। राजस्थान रोयाल्सको तर्फबाट युसुफ पठानले १ छक्का र २ चौकाको मद्दतले २६ बलमा २६ रन बनाएका थिए। रोयाल च्यालेन्जरको तर्फबाट कुम्बले तथा कुमारले ३,३ र कालिसले २ विकेट लिएका थिए।
जम्मा ९३ रनको लक्ष्य पछ्याएको रोयाल च्यालेन्जरका ओपनिगं व्याट्स म्यानहरुको धुँवाधार व्याटिगंले गर्दा कुनै विकेट नगुमाई सो लक्ष पार गरेको थियो। रोयाल च्यालेन्जरको तर्फबाट कालिसले ३४ बलमा ७ चौकाको मद्दतले ४४ रन तथा पान्डेले ३० बलमा ७ चौकाको मद्दतले ४२ रन बनाइ दुबै खेलाडी नट आउट रहेका थिए।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks