Loving nepal news

Sunday, March 14, 2010

सरकारको विकल्प खोज्ने खबर हल्ला मात्रै

वाहिर गलत प्रचारवाजी गरेर सरकारलाई कमजोर पार्ने काम एकिकृत नेकपा माओवादीले गरिरहेको आरोप
केशव सावद कञ्चनपुर,१ चैत्र

वातावरणमन्त्री ठाकुर शर्माले वर्तमान सरकारको विकल्प खोज्नका लागी समिकरण बन्न लागिरहेको भन्ने सञ्चारमाध्यममा आएको खबर हल्ला मात्रै बताउनुभएको छ। नेकपा संयुक्त कञ्चनपुरले आईतवार बिहान सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वातावरण मन्त्री शर्माले माधव नेपाल नेतृत्वको सरकारको विकल्प शुरु भइसकेको भन्नेबारेमा आएको हल्ला गलत भएको बताउनुभएको हो। उहाँले सरकार निर्माणका लागी समर्थन दिएका कुनैपनि दलहरुले आफ्नो समर्थन फिर्ता नलिएको अबस्थामा वाहिर गलत प्रचारवाजी गरेर सरकारलाई कमजोर पार्ने काम एकिकृत नेकपा माओवादीले गरिरहेको आरोप लगाउनुभयो।
सरकारका काम कारर्वाहीमा कहि कतै केहि गलत भएको स्वीकार गर्दै मन्त्री शर्माले संविधान जारी गरेर चुनाव नहुन्जेलसम्मका लागी बर्तमान सरकारको कुनै विकल्प नभएको जिकिर गर्नुभयो। माओवादीले सरकार परिवर्तनको हल्ला चलाउनु भन्दा यही सरकारमा सहभागि भएर समयमै संविधान निर्माण, शान्ति प्रक्रिया र सेना समायोजनका लागी सहयोग पुर्‍याउनु पर्ने उहाँको भनाई छ। तत्कालिन माओवादी नेतृत्वको सरकारमा सहभागि दल नेकपा संयुक्तका सचिवालय सदस्य समेत रहनुभएका मन्त्री शर्माले सेनाको विषयलाई लिएर माओवादी आफैले सरकार त्याग्नु उसको आफ्नै कमजोरी भएको ठोकुवा गर्नुभयो। सरकार परिवर्तन अहिलेको आवश्यकता नभई संविधान निर्माण, शान्ति प्रक्रिया र सेना समायोजन प्रमुख आवश्यकता भएको भन्दै उहाँले जेठ १४ मा संविधान जारी हुन नसके राजनीतिक दलहरुकै अस्तित्व संकटमा पर्ने चेतावनी दिनुभयो। पत्रकार सम्मेलनमा मन्त्री शर्माले आफ्नो मन्त्रालयले वातावरणका क्षेत्रमा गरिरहेको काम कारर्वाही र भावी कार्ययोजनाका बारेमा समेत जानकारी दिनुभयो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks